वीरगंज, ३ माघ । सर्वसाधारणलाइ विभिन्न प्रलोभनमा पारेर आफनो दुनो सोझयाउने गैरसरकारी संस्थालाइ पर्साको वैरिया, विर्ता, दापु गाउंमा प्रवेश रोक लगाएको छ।
आज सो गाविसका नायब सुब्बा एवं गाविसका सचिव रामजोगिन्द्रप्रसाद साहले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यस्ता गैरसरकारी संस्थाहरु यस गाविसमा आउंदा गाविसको स्वीकृति लिई मात्र आउने र सवै कार्य पारदर्शी नभएसम्म रोक लगाउने शनिवार पार्टी प्रतिनिधिहरुको संयुक्त बैठकले निर्णय गरेको उल्लेख छ।
पर्सा जिल्लाको वैरिया विर्ता, दापुमा केही गैरसरकारी संस्थाहरुले गाविसमा कार्यक्रमको प्रलोभन देखाइ गाविसका सर्वसाधारण जनताहरुको नाममा आफूले विदेशी रकम खाने र मोटो रकम कमाउनुको साथै कमिशन खाइ, दुइ चार ठाउमा नोकरी गर्ने, आफनो नातेदार, खुसामद गर्ने व्यक्तिलाई काममा लगाउने, झूटो आश्वासन बांडदै हिंड्ने काम गरेकोमा उनीहरुलाई गाउं प्रवेशमा रोक लगाएको विज्ञप्तिमा उल्लेख छ।

Comments
Post a Comment