वीरगंज, ३ माघ । विद्युत प्राधिकरणले आजदेखि ९ घण्टा विद्युत आपूर्ति कटौति गर्ने भएपछि सर्वसाधारणदेखि उद्योगी व्यापारीहरु झन मर्कामा परेका छन्।
नयां सूची अनुसार ४ र ५ गरी दिनमा दुइ पटकमा ९ घण्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जानकारी गराएको छ। यसबाट संचारकर्मी, सर्वसाधारण, उद्योगी, व्यापारी, कलकारखानाहरुलाइ कति ठूलो पीडा दिएको छ त्यो भनि साध्य छैन।
यसअघि सातामा ५ दिन ५ घण्टा र २ दिन २ घण्टा लोडसेडिङ हुनेगरेको थियो ।
Comments
Post a Comment