वीरगंज, २१ मंसिर/ उद्योग वाणिज्य संघमा सन्त श्री कृष्णानन्द परमहंस श्री १००८ स्वामी श्री कालीदास बाबाको एक समारोह बीच सम्पन्न भयो।
उद्योग, व्यापार, कृषि लगायतका क्षेत्रको विकासबाट मात्रै राष्ट्रको समुन्नति हुन सक्ने भएकोले यी क्षेत्रहरुको समुचित विकासमा सबै पक्ष लाग्नुपर्ने उपदेश बाबाले व्यक्त गर्नुभएको थियो।
मुलुकमा व्याप्त अराजकता, उदण्डतालाई सदाका लागि समाप्त गर्न हामी सबै बीच एकता, अखण्डता, भाइचारा र शिष्टाचारको आवश्यकता रहेको बाबाले बताउनुभयो। उहाँले शान्ति सुव्यवस्था आजको प्रमुख आवश्यकता भएकोले हामी सबैले मिलेर शान्ति स्थापनामा लाग्नुपर्ने धारणा समेत राख्नु भएको थियो।
उक्त समारोहमा संघका कार्यवाहक अध्यक्ष श्री गोपाल केडियाले स्वागत मन्तव्य गर्दै बाबाले देखाउनु भएको मार्ग र्सब प्राणीका लागि उपयोगी हुने बताउनुभयो।
संघका सचिव दीपक टिबडेवालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहको संचालन मनोज उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा स्थानीय उद्यमी, व्यवसायी लगायत विभिन्न क्षेत्रका महानुभावहरुको बृहत् उपस्थिति थियो।

Comments
Post a Comment