Skip to main content

सरकारलाई सडकबाटै वर्खास्त् गर्र्छौ - रायमाझी

सडकबाट हटाउन सम्भव छैनः कांग्रेस एमाले नेताहरु
काठमाडौं, २१ मंसिर। एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकारलाई सडकबाटै बर्खास्त गर्ने चेतावनी दिनुभएको छ।
रिपोर्र्टर्स क्लब नेपालद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले सहजरुपमा प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने ठोकुवा गर्दै सडक आन्दोलनबाट ढाल्ने चेतावनी दिनुभएको हो।
'हामी मिति नै त तोक्दैनौँ, तर सडक आन्दोलनको एउटा उत्कर्षछि सरकारलाई ज्ञानेन्द्र हटाएजस्तै गरी हटाइदिन्छौँ' क्लब अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा नेता रायमाझीले भन्नुभयो, 'जसरी ज्ञानेन्द्रलाई सत्ताच्युत गर्‍यौँ, यसलाई पनि त्यसै गरिदिन्छौँ। त्यसबाहेक हामीसँग अब अर्को बिकल्प छैन। माधव नेपालको हालत पनि छिट्टै ज्ञानेन्द्रको जस्तै हुनेछ।'
कैलाली घटना नियोजित र षड्यन्त्रमूलक ढंगले सरकारद्धारा सिर्जना भएको भन्दै नेता रायमाझीले यसको सम्पर्ूण्ारुपमा दोषी सरकार रहेको आरोप लगाउनुभयो। 'यो घटना देशका लागि कलंक र दर्ुभाग्यको पराकाष्टा भएको छ, देश विदेशका माओवादी विरोधीहरुको षड्यन्त्रमा भएको कैलाली घटना अत्यन्तै षड्यन्त्रमूलक हो' रायमाझीले भन्नुभयो।
घटनाको जिम्मेबारी लिनबाट गृहमन्त्री भीम रावल पन्छिन खोजेको आरोप लगाउँदै सुकुम्बासीहरुको उचित व्यवस्थापन नभएसम्म माओवादीले आन्दोलन जारी राख्ने समेत उहाँले स्पष्ट पार्नुभयो। उहाँले सुकुम्बासीहरुलाई हटाउन माओवादी पार्टर्ीी स्थानीय नेताले सहमति नदिएको दाबी गर्नुभयो।
कार्यक्रममा ऊर्जामन्त्री डा प्रकाशशरण महतले माओवादीले आफूखुशी कब्जा गरिरहने कार्यलाई सरकारले कुनै पनि हालतमा नसहने स्पष्ट पार्नुभयो। कैलाली घटना माओवादीको उक्साहटमा भएको भन्दै मन्त्री डा महतले घटना स्पष्ट भएकाले त्यसको छानवीनका लागि आयोगको कुनै जरुरी नपर्ने स्पष्ट पार्नुभयो।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।