Skip to main content

९४ प्रतिशत विद्यार्थीको शरीरमा विषादी

बारा, १८ मंसिर । बाराको अमलेखगञ्जस्थित श्री नेपाल माध्यमिक विद्यालयका ९४ प्रतिशत विद्यार्थीको शरीरमा विषादी पाइएको छ ।
सो विद्यालय स्थापना भएको पाँच वर्षपछि वि.सं. २०३३ सालमा विद्यालय हातामै तीनसय २४ ड्रममा ४० मेट्रिकटन विषादी भण्डारण गरेको कारण उनीहरुमा प्रतिकूल असर परेको हो ।
सो विद्यालयका अधिकाँश विद्यार्थीको शरीरमा विषादीको मात्रा उच्च पाइएको हालै गरिएको एक अध्ययनले देखाएको छ । सो विद्यालयका ९४ प्रतिशत विद्यार्थीको शरीरमा विषादी पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
भारत लुधियानास्थित गुरु अङ्गद देव भेटेनरी एण्ड एनिमल साइन्स युनिभर्सिटीबाट भेटेनरी जनस्वास्थ्यमा स्नातकोत्तर उत्तीर्ण डा. शीतलकाजी श्रेष्ठले विषादी भण्डारणस्थल नजिकको विद्यालयका सात शिक्षक तथा ४३ विद्यार्थीमाथि २०६५ पुसमा अनुसन्धान गरेका थिए ।
वि.सं. २०३४ देखि बिषादी भण्डारण गरिएकोले विद्यार्थी तथा स्थानीयवासिन्दाहरु मन्दवीषका कारण बिस्तारै अस्वस्थ्य हुँदै गइरहेका र कक्षा १० मा अध्ययनरत् छात्रा सरोदा ठकुरीको मृत्युसमेत भएको विद्यालयका लेखापाल तथा स्थानीय पुष्पा केसीले बताईन् ।
अमलेखगन्जका बासिन्दा तथा श्री नेपाल माध्यामिक विद्यालयका विद्यार्थीका शरीरमा विषादीको मात्रा उच्च पाईएको अनुसन्धानकर्ता डा. श्रेष्ठले बताए । उनका अनुसार बाराका बिद्यार्थीबाट लिइएको रगतको नमुनामा डिडिटीको मात्रा ४६ प्रतिशत, ईन्डोसल्फाईन विषादी ३८ प्रतिशत र क्लोरोफिरिपोस १२ प्रतिशतमा पाइएको छ ।
ती बिद्यार्थीहरु लगाताररुपमा विषादीको संसर्गमा रहेकाले त्यसो भएको अध्ययनको निष्कर्ष छ । सामान्य हावा चल्दा पनि वाकवाक लाग्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेजस्ता समस्या विद्यार्थीमा पाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।
अमलेखगञ्जलगायत तीन ठाउँमा भण्डारण गरेको करिव ७० मेट्रिकटन विषादी एकवर्ष भित्रै व्यवस्थापन गर्न गत कात्तिक ४ गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश कल्याण श्रेष्ठको इजलासले सरकारलाई आदेश दिएपनि हालसम्म विषादी हटाइएको छैन ।
विषादीले गर्दा सो स्थानको पानी, हावा, माटोसमेत प्रदूषित भईसकेको विभिन्न समयमा गरेको अध्ययनले देखाएको छ । विषादी भण्डारणलेगर्दा आफूपनि मुटुको रोगी भएको र गाउँलेहरुपनि रोगी भएको स्थानीय गङ्गा बलले बताइन् । उनले सर्वोच्च अदालतले गरेको न्यायलाई कार्यपालिकाले चाँडै लागु गरी विषदी हटाउने कार्य गरे राम्रो हुनेधारणा व्यक्त गरिन् ।
नेपालमा भण्डारण गरिएका विषादीमध्ये ४० प्रतिशत अर्थात ३२ मेटि्रकटन विषादी म्याद नाघेको बताइएको छ । त्यस्तै कुल विषादीमध्ये जर्मनीबाट ल्याइएको बढी रहेको वातावरण मन्त्रालयले जनाएको छ । म्याद नाघेको र हानीकारक विषादी सम्बन्धित राष्ट्रलेनै फिर्ता लैजानुपर्ने अन्तराष्ट्रिय कानुनी प्रावधान भएपनि जर्मन सरकारले फिर्ता लगेको छैन । जर्मन सरकारले आफ्नो देशबाटआएको विषादी मात्र नष्ट गर्नका लागि सहयोग गर्न चाहेको छ । तर, जर्मनीबाट आएको विषादीमात्र छुट्याउन सक्ने अवस्था नरहेको मन्त्रालयबाट बुझिएको छ ।
औलो नियन्त्रणका लागि नेपालमा विषादी ल्याइने गरिएको थियो । सो विषादीबाट प्राणी तथा वनस्पतिमा प्रत्यक्ष असर देखिएपछि विश्वभरी त्यसलाई प्रतिबन्ध लगाइएको छ ।
नेपालमा भण्डारण गरिएका विषादी लिडकन्टेनरमा राखी भण्डारण गरिएको भएपनि त्यसबाट चुहिरहेको छ ।- रासस

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।