वीरगंज १५ भदौ । राष्ट्रिय मानव विकास सूचांक २००४ को प्रतिवेदन अनुसार १८ लाख नेपाली बालबालिका पूरा समयका श्रमिक रहेको आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षुत्कारमा शिक्षुको लागि नेपाल यात्राले जनाएको छ।
कर्णबहादुर शाही दामोदर शर्मा र सुभाष न्यौपानेको टोलीले शिक्षुको लागि नेपाल यात्राको अवधारणा पत्र प्रस्तुत गर्दै २० लाख बाल श्रमिक छन् जसमध्ये ५० प्रतिशत बधुवा बालश्रमिक १० देखि १४ वर्षका स्कूल जाने उमेरका ४२ प्रतिशत बालबालिका बालश्रमिक हुन पुगेका छन् भने साक्षरताको अवस्थालाई हेर्दा १५ वर्ष माथिका मध्ये ६३ प्रतिशत पुरुष तथा ३५ प्रतिशत महिलाले मात्र लेखपढ गर्न सक्ने तथ्याकं छ । बाल श्रमिक मध्ये ६० प्रतिशत बालिका छन् वेश्यावृत्तिमा लाग्ने मध्ये अधिकांश १८ वर्षभन्दा मुनी रहेका छन् । यौन शोषणका लागि वर्षेनी १० देखि १२ हजार महिला देश बाहिर बेचबिखनमा परिरहेको उल्लेख छ।
विद्यालय व्यवस्थापन खारेजीको मांग
वीरगंज १५ भदौ । ब्रहमदेव नेराप्रावि उदयपुर घुर्मीको व्यवस्थापन समितिको खारेजीको मांग गर्दै आज जिल्ला शिक्षु कार्यालय पर्सा घेराउ गरेका छन्।
प्राविका सहायक प्रधानाध्यापक साहेब प्रसाद यादवले नातेदारहरुलाई व्यवस्थापन समितिमा राखे विरोधमा उदयपुर घुर्मीका बासीले शिक्षा कार्यालय घेराउ गरेका हुन्।
टयाक्टर संघ पर्साको साधारणसभा
वीरगंज १५ भदौ । पर्सा टयाक्टर संघको छैठो वार्षिक साधारण सभा सम्पन्न भयो। आज बाल कल्याण समितिमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि दान बहादुर रानाले टयाक्टर धनीहरुलाई सम्मान समेत गरेको थियो।

Comments
Post a Comment