Skip to main content

थारुहटद्वारा आन्दोलनको घोषणा

काठमाडौं भदौ १५। थरुहट संयुक्त संघर्ष समितिले आन्दोलनको साझा कार्यक्रम सार्वजनिक गरेको छ। रिपोर्टस क्लब नेपालमा एक कार्यक्रम गर्दै समितिले भर्दाै १५ देखि २५ गतेसम्म प्रचार प्रसार र भदौ २५ देखि असोज १७ गतेसम्म भेला र आमसभाको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। भर्दाै २५ गते इटहरी २६ गत लहान २७ गते विरगंज असोज २ गते चितवन असोज ४ गते भैरहवा असोज १५ गते घोराही असोज १६ गते नेपालगाज असोज १७ गते धनगढी र असोज २० गते तराईका २२ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

तोकिएकै समयमा सिमा भित्रै नयाँ संविधान निर्माण कार्य पुरा गर्न थारु र उर्दु भाषामा प्राथमिक तहदेखि उच्च शिक्षासम्म पठन पाठनको व्यवस्था मिलाउन तथा पाढ्यक्रम निर्माण कार्य तत्काल राज्यको लागानी तथा व्यवस्थापनमा शुरु गरिनुपर्ने २०६५ चैत १ सरकारसँग भएको ६ बुँदे सम्झौत्ा कार्यान्वयन गर्ने लगायतका माग राख्दै थरुहट संयुक्त संघर्ष समितिअन्तर्गतरहेको नेपाल लोकतान्त्रिक समाजवादी दल थारु महिला समाज नेपाल मुस्लिम नागकिर समाज थारु विद्यार्थी समाजलगायतले हस्ताक्षर गरि विज्ञप्ति जारि गरेका छन्।

त्यस्तै साउन २४ गते २०६६ साल ८ संघ संगठन सम्मिलित आदिवासी जनजाती मुश्लिम दलित संयुक्त संघर्ष समितिको नाममा सर्वाजनिक भएको पत्रकार सम्मेलनप्रति पनि गम्भिर ध्यान आकर्षण भएको जनाएको छ। जानकारी नै नदिइ लक्ष्मण थारुले २५ देखि भाद्र १७ र १८ गत नेपाल बन्दको कार्यक्रम गरेको प्रति उनीहरुले आपत्ति व्यक्त गर्दै यो वन्दमा थारुहटको समर्थन नरहेको बताइएको छ। थरुहट संयुक्त संर्घष समिति कुनै व्यक्तिको मात्र नेर्तुत्वमा संचालित नभइ सामुहिक नेतृत्वमा स्वचालित संघयर्ष समिति रहेको र यस समितिमा अध्यक्ष लगाएत कुनै पदाधिकारी नरहेको स्पष्ट पार्दै लक्ष्मण थारु थरुहट संयुक्त समितिको अध्यक्ष नभइ संघिय लोकतान्त्रिक राष्ट्रिय माच सम्बद्ध थरुहट स्वायत्त राज्य परिषदको अध्यक्ष मात्रै भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।