Skip to main content

साना ऋणी सम्बन्धि अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौं भदौं १५। राष्ट्रिय वित्तिय समस्या समाधान संयुक्त समितिले साना ऋणी समस्या अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन र कार्यान्वयन संयन्त्रको निर्माण गरि समस्या समाधानतर्फ पहल गर्न माग गरेको छ। व्यवसायीहरुको माग सम्बोधन तथा समस्या समाधान नभएको खण्डमा देशभरका असल नियत भएका ऋण तिर्न पयत्नरत ऋणी व्यवसायीहरुलाइ काठमाडौंमा भेला गराइ धर्ना र् याली जुलुस घेराउ रिले तथा आमरण अनशनलगायतका शान्तिपुर्ण विरोध कार्यक्रम संचालन गर्ने चेतावनी समेत रिपोर्टस क्लबमा सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइयो।

२०५२ सालबाट शुरु भएको माओवादी जनयुद्धको समयमा भएको द्वन्द्वात्मक अवस्था एवं त्यसपछि लामो समयसम्म रहेको संक्रमणकालिन अवस्थाको कारण देशको विभिन्न भागमा स्थापना तथा साचालन भएको उद्योग व्यापार कृषि ढुवानी पर्यटन यातायात एवं पेशा व्यवसायहरु रुग्ण तथा बन्द अवस्थामा रहेर विभिन्न वित्तिय संस्थाबाट लिइएको ऋण तिर्न नियत हुद हुदै पनि तिर्न नसकेको संगठनका रुपमा राष्ट्रिय वित्तीय समस्या समाधान संयुक्त समिति रहेको छ। यो समिति २०६२ सालमा स्थापना भइ सरकारसमक्ष समस्या समाधानका लागि आग्रह गरिरहेको छ। यसै सिलसिलामा तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराइले ०६५ माघ ५ गत साना ऋणी समस्या अध्ययन समिति गठन गरि समस्या समाधानको पहल गरिएको थियो। त्यो समितिले दिएको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्ने माग समितिले राखेको छ।

हरिश्चन्द्र आचार्यको संयोजकत्मा ११ सदस्यीय साना ऋणी सम्बन्धी अध्ययन समितिले साना ऋणीको समस्या धेरै जटिर र पेचिलो रहेको निस्कर्ष निकालेको छ। सरकारलाइ बुझाएको प्रतिवेदनमा समितिले उच्चस्तरिय अधिकार सम्पन्न छानविन आयोगको गठन गर्नै बन्द रेहकेा उद्योग व्यवसाय संचालनको लागि आवश्यक पुजी तथा सुविधा गराउने पर्ने लगायतको सुझाव सरकारलाइ दिएको छ। तर अहिलेको सरकारले यो प्रतिवेदनप्रति चासो नदेखाएकोले प्रधानमन्त्रीलाइ दशौ तिहारभित्र ज्ञापन पत्र बुझाएर अल्टिमेटम दिने त्यसबाट पनि समस्या नभए कात्र्तिकबाट बन्द हड्तालको आन्दोलन गर्ने बताइएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।