Skip to main content

बाराको समाचार

-सुभाष साह-

बारा १५ भदौ। नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजमा बिगत एक महिनादेखी कर्मचारीहरुले गरिरहेको आन्दोलन प्रति समर्थ जनाउंदै व्यवस्थापन पक्षसंग कर्मचारीको मांग वार्ताको माध्यमबाट समाधान गर्न व्यवस्थापन पक्षसंग अनुरोध गरिएको छ।

नेपाल स्वास्थ्य प्राबिधिक संघका केन्द्रीय सदस्य रामबिध्याप्रसाद कुशवाहाले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो मांग गरेका हुन्। आन्दोलनरत स्वास्थ्यकर्मीहरुको जाय माग पुरा गर्नुको साटो व्यवस्थापन पक्षले बाहिरको मान्छेलाई प्रयोग गरी बलको आधारमा दवाउन खोज्ने कार्यको बिज्ञप्ति मार्फत भत्स्रना गरीएको छ।



प्ररायु संघ बारा



युवाहरुको भेलाले कलैया नगरपालिका वडा नम्बर १ ९ र ११ मा नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको कमिटि आज गठन भएको छ।

वडा नम्बर १ मा रामबाबु महतोको अध्यक्षतामा ११ सदसिय वडा नम्बर ९ मा सुभाष भगत मालीको अध्यक्षतामा ११ सदसिय र वडा नम्बर ११ मा राजकुमार यादवको अध्यक्षतामा ११ सदसिय कमिटि जिल्ला सचिव ध्रुव यादव नगर अध्यक्ष मोहन लामिछानेको बिशेष उपस्थितिमा गठन भएको प्ररायु संघ बाराका सदस्य सुभाषप्रसाद साहद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ।



नेमकिपा परित्याग गरी एमालेमा प्रबेश

बारा १५ भदौ। नेपाल मजदुर किसान पार्टी बाराका सदस्य प्रमोदकुमार यादव नेकपा एमालेमा प्रबेश गर्नुभएको छ। नेमकिपाले मुक्तिकामी जनताको हित नहुने भन्दै यादव एमालेमा प्रबेश गर्नुभएको छ।



प्ररायुको कमिटी गठन



बारा १५ भदौ । बाराको प्रस्टोका वार्ड नम्बर ८ र ९ बेलहिया तथा बंजरिया वार्ड नम्बर ७ र ८ बेलहियामा सम्पन्न युवाहरुको एक भेलाले नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल युथ फोस्र तथा सल्लाहकार समितिको कमिटि आज गठन भएको छ।

१५ सदसिय प्ररायु संघको कमिटिको अध्यक्षमा फिरोज अंसारी उपाध्यक्षमा बादल अंसारी सचिवमा हृदय कुशवाहा सहसचिवमा लालबाबु साह र कोषाध्क्षमा बीरेन्द्र कुशवाहा रहनु भएको छ। यसैगरी प्रस्टोका वार्ड नम्बर ८ र ९ बेलहियामा गठन भएको ४५ सदसिय युथ फोस्रको अध्यक्षमा प्रदीप साह उपाध्यक्षमा शिवशंकर मंडल सचिवमा रमेशकुमार कुशवाहा सहसचिवमा मनोज कुशवाहा र कोषाध्यक्षमा सुनिल मंडल सदस्यमा मोतिलाल कुशवाहा लगाएतका रहनु भएको छ।

यसैगरी बंजरिया वार्ड नम्बर ७ र ८ बेलहियामा गठन भएको युथ फोस्रको अध्यक्षमा सम्भु कुशवाहा उपाध्यक्षमा दिपेन्द्र यादव सचिवमा रामबाबु कुशवाहा सहसचिवमा नवलकिशोर यादव र कोषाध्यक्षमा दिनेश कुशवाहा रहनुभएको प्ररायु संघ बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सुभाषप्रसाद साहद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ।

यस्तै सल्लाहकार समितिमा जोगिन्द्र महतो बिश्वनाथ महतो प्रेमनारायण कुशवाहा हमिद अंसारी सुकराम महतो लोचन महतो िसंहासन महतो चनरमन महतो र नागिन्द्र साह रहनु भएको छ।

बिश्वनाथ महतोको अध्यक्षता सम्पन्न सो भेलामा एमाले बारा जिल्ला सचिवालय सदस्य एवं सभासद रामचन्द्र प्यासी हरि साह लक्ष्मीनारायण महतो शमशेर अंसारी महेश बिक बिश्वनाथ साह मनोज कुमार सुनील मंडल राकेश मंडल प्रदिप महतो बादल मियाँ मोतिलाल कुशवाहा रमेशप्रसाद गोढ लगाएतकाले सम्बोधन गर्नुभएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।