भक्तपुर १५ भदौ। गत हप्ता फिल्म सुटिङको लागि भक्तपुरको कुम्ह टोल आइपुगेकी हिरोनी सिाचता लुइँटेलले भक्तपुर कुम्ह टोलको कुम्हाले कृष्ण प्रजापतिले बनाएका माटाका सोभेनियर किने। सिाचताले सीप भएका मानिसहरुको पेशालाई प्रोत्साहन गर्न माटाका सामाग्रीहरु आफ्ना हितैषीहरुलाई कोसेली दिनको लागि खरिद गरेका हुन। उनलाई मेक अप गराउनेको सीपले पर्दामा उनी अझ बढी राम्री देख्न सहयोग हुने गरेको छ। फिल्मको सुटिङ अबधिभर नायिकाको अनुहार घाम नलागोस भनेर ब्युटिसियनहरुले खुल्ला ठाउँमा घाम छेक्ने सिाचतालाई छाता ओढाएका थिए।
सुटिङ गरिएको कुम्ह फल्चामा अरुबेला हातमा सीप नहुने युवाहरु ५२ पट्टी तास लिएर फुस्रद कटाउथे। त्यस भने उनीहरु काम खोज्न अन्त्यै हिडे। सुटिङ युनिटको उपस्थितिले पनि उनीहरुलाई तास खेल्न रोक्न सकेकोमा स्थानीयबासीले खुसी प्रकट गरे।
नेपालको बढ्दो बेरोजगारीको मुख्य समस्याको रुपमा रहेको सीप अभावलाई न्युनिकरण गर्न रोजगारीको लागि चाहिने आबश्यक सीप बिकासका तालिमको जानकारी गराउने उदेश्यले सीप बिकास मेला हुन लागेको छ। भदौ २४ २५ र २६ गते मेला काठमाण्डौंको डिरेक्सन हलमा हुन लागेको हो।
नेपालमा ब्यबासायिक तालिम र सीप बिकास सम्बन्धि गतिबिधिहरु जनमानस पुराउने उदेश्यका साथ आयोजना गर्न लागिएको मेलामा ५० स्टलहरुको ब्यबस्था गरिएको आयोजक डिरेक्सन नेपालले जनाएको छ। सीपको खोजी गरेर आर्थिक उन्नति गर्न चाहनेहरु मेलाको अवलोकन गर्न सक्नेछन्। मेलाम उनीहरुले बिद्युतीय सामाग्री माटाका सामना सिलाइबुनाइ कुकरी मेकअप आर्ट जस्ता दर्जनौं क्षेत्रका सीपमुलक तालिम प्रदायकका प्रतिनिधिहरुसंग एउटै छट मुनि भेटघाट गर्ने अवसर पाउने छन्।
सीपालु मानिसहरुको खोजीमा रहेका सरकारी तथा गैर संस्थाहरुमा सीपमुलक तालिम प्रदान गरिरहेका अधिकारीका अनुसार यस किसिमको मेलाले बेराजगार भएर बसेका युवाहरुलाई सीपमुलक तालिम लिइ रोजगार बन्न प्रेरणा मिल्ने बिश्वास गरेका छन्।- रविन राचलिका हरीत समूह भक्तपुर
Comments
Post a Comment