Skip to main content

सिद्धपोखरीमा इन्द्रजात्राको मेला

भक्तपुर १५ भदौ। इन्द्रजात्राको भोलिपल्ट आधुनिक पुस्ताले लभ स्टेसन भनेर
नामाङकन गरेको भक्तपुरको सिद्धपोखरीमा मेला लाग्ने भएको छ। मेला आगामी
शुत्रवार भदौ १९ हुने भएको छ। इन्द्रजात्राको दिन भक्तपुरको इन्द्रायणी
देबीको खट यात्रा अवेर राति हुने गर्दछ। त्यसको भोलिपल्ट भने खटलाई
सिद्धपोखरीमा राखिन्छ। यसै दिन यहाँ मेला लाग्ने गरेको हो।

मेलाका दिन बिहान पख भक्तजनहरुको सिद्धपोखरीमा स्नान गर्नको लागि जाने
गरेका छन्। दिउसोतिर बाजागाजा सहित इन्द्रयाणीको खट ल्याइए पछि भने पुजा
अर्चना हुने गर्दछ। इन्द्रायणीको जात्रा हुने भएकोले यस पोखरीलाई
इन्द्रसरोबर पनि भन्ने गरिएको छ।

एक दशक अघि पोखरी पुरिन लागेको बेलामा लोप हुने देखिएको सिद्धपोखरी मेला
केही बर्ष यता फेरी भब्यताका साथ मनाउन थालिएको हो। पोखरीको जिर्णोद्धार
भए पछि युवाहरुको लागि यो स्थान युवाहरुको लागि डेटिङ स्पटको रुपमा
बिकसित हुदै आएको छ। यस बर्ष भने सिद्धपोखरी मेलाको रौनक दिन साँझ पोखरी
परिसरमा स्थानीय युवाहरुले दिपावली गर्ने भएका छन्। अघिल्ला बर्षहरुमा
पनि उनीहरुले अवेर राति सम्म दिपावली गरेर राति पोखरीमा घुम्ने चाहने
युवाहरुको लागि अवसर प्रदान गरेका थिए।

चारैतिर पर्खालले घेरिएको पोखरी परिसरमा साँझ सात बजे पछि प्रबेश निषेध
गरिएको छ। दिपावलीको गरिने भएकोले बर्षको एक चोटी यसै दिन मात्र
सिद्धपोखरी राति अवेर सम्म खुल्ला रहन्छ। भक्तपुर कै सबैभन्दा ठुलो
पोखरीको रुपमा रहेका यस पोखरीलाई स्थानीय भाषामा तःपुखु पनि भन्ने गरिएको
छ। पोखरीको करीब ९ मिटरको परिधि परिक्रमा गर्न सरदर १० मिनेट समय लाग्ने
गर्दछ। मेलाका दिनमा पोखरीका चार वटा ढोका मध्ये पुर्बको एउटै ढोका मात्र
खुल्ला राखिन्छ। हजारौंको संख्यामा उपस्थित हुने दर्शकको ओइरोलाई
ब्यबस्थित गर्न वान वेको ब्यबस्था गरिएको छ।

के गर्ने

पोखरीमा माछा पालन गरिएको छ। धेरै मानिसहरु माछा हेरेर मन बहलाउछन्।
केहीले माछालाई खाजा खुवाएर आनन्द लिन्छन्। माछालाई खुवाइने खाजाको पसल
पोखरीमा साचालित छ। उत्तरतिरको मनोरम पहाडको दृष्य पनि हेर्न सकिन्छ।
साँझ भने दिपावलीको कारण पोखरीमा आगोलागको जस्तो अनुभुति गर्न सकिन्छ।
टाढाबाट आएर यहाँ बस्न चाहनेहरुको लागि सिद्धपोखरी क्षेत्र वरपार लजहरु
खुलेका छन्। उनीहरु यही बास बस्न पनि सक्छन्। पोखरी परिसार बाहिर रहेको
सुन्दर बगैचा भने केही दुष्टहरुले भत्काए पछि कुरुप भएका छन्। मेलाको
दिनसम्ममा बगैचाको हालत सुधार्न स्थानीयबासी रमेश सिल्पकारको अनुरोध
रहेको छ। पोखरी क्षेत्रमा रहेका साना ठुला गरी १९ वटा पाटीहरुमा बसेर
साथीसंगीसंग दुखसुखका बात मार्न सकिन्छ।- रविन राचलिका हरीत समूह
भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।