Skip to main content

अयोग्य लडाकुको पुनर्स्थापन प्याकेजमा हाम्रो र्समर्थन छैन ः बलदेव

काठमाडौं, २६ असोज। माओवादी सेनाका डेपुटी कमाण्डर एवं प्रबक्ता चन्द्रप्रकाश खनाल बलदेबले अनमीनद्वारा अयोग्य प्रमाणित गरिएका लडाकु पुनर्स्थापनाको सरकारी प्याकेजप्रति माओवादी सहमत नभएको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालद्वारा सोमवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बलदेबले लडाकु समायोजन हुनै नसक्ने रक्षामन्त्री विद्या भण्डारीको अभिव्यक्ति जायज नभएको समेत टिप्पणि गरे।
'अनमीनले अयोग्य भनेका साथीहरुलाई बाहिर निकाल्ने कृुरामा हाम्रो आपत्ति होइन, तर सरकारले प्रस्तुत गर्न लागेको पुनस्र्थ्ाापन प्याकेज र शब्दाबलीहरुमा हाम्रो आपत्ति छ' साक्षात्कारमा बलदेबले भने, 'अहिले अयोग्य लडाकुहरुको चाहना बुझ्ने काम शुरुभएको छ। त्यसमा चाहि“ हाम्रो सहमति छ।' बलदेबले लडाकुहरुलाई 'समाजमा पुनस्र्थ्ाापन' भन्ने शब्दाबलीप्रति आपत्ति प्रकट गरे। उनले भने,' हाम्रा साथीहरु समाजमै छन्, समाजमा पुनर्स्थापन भन्ने शब्द उपयुक्त हैन, भविश्यको सुनिश्चित गर्ने आर्थिक प्याकेज महत्वपर्ूण्ा कुरा हो।' अयोग्य लडाकुलाई शिविर बाहिर निकाल्ने ६ वटा कदममध्ये केहीमा माओवादी सहमत नभएको र माओवादी सहमत नभई पुनर्स्थापन प्रक्रिया अघि बढ्न नसक्ने उनको भनाई थियो।
रिपोर्र्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी पोलिटव्युरो सदस्यसमेत रहेका बलदेबले पुनर्स्थापनाका लागि लडाकुहरुमा सूचना प्रबाह, अभिमत र इच्छा बुझ्नेकार्य, पुनर्स्थापन शिविरमा लैजाने कार्य, शिविरमा ४५ दिन राखेर तीन्ादेखि ११ महिने व्यवसायिक तालिम दिने र त्यसपछि पढ्न पाउने वा विदेश जान पाउने गरी तयार गरिएको सरकारी विकल्प रहेको खुलासा गरे। तर व्यवसायिक तालिम दिएर मात्रै लडाकुहरुको भविश्य सुनिश्चित नहुने तर्क गर्दै बलदेबले भने, 'हामीले मालिक र मजदूर स्वयम् लडाकुहरु हुने गरी सहकारी खोल्ने र त्यस अर्न्तर्गत फ्याक्ट्री सञ्चालन गर्न, जमीन उपलब्ध गराउन तथा आर्थिक सहयोग दिन सरकारलाई मौखिक प्रस्ताब गरेका छौ“। '
माओवादी लडाकु अहिले विशेष समिति अर्न्तर्गत पनि नरहेको र माओवादीबाट अलगसमेत नभएको उल्लेख गर्दै डेपुटी कमाण्डर बलदेबले दलीय सहमतिका आधारमा लडाकुहरुलाई सञ्चालन गर्नुपर्ने बताए।
पुनर्स्थापन प्रक्रियामा माओवादी नेतृत्वकै सरकारले पनि समस्या समाधान नगरेको दुखेसो उनले गरे। 'कांग्रेस सरकारमा रहेका बेला पनि समाधान भएन, माओवादी सरकारमा आएपछि पनि प्रारम्भिक काम मात्रै भयो समाधान भएन' बलदेबले भने।
राजनीतिक दलहरुबीच सहमति नभएसम्म सेना समायोजन हुन नसक्ने बलदेबले बताए। उनले भने, 'संविधान निर्माण, राज्यको पुनसंरचना र नया“ सुरक्षा संरचनाका लागि दलहरुबीच सहमति नभइ सुखै छैन। ' उनले लडाकुहरुलाई सेनामै समायोजन गर्नुपर्ने बताए। 'समायोजन सेनामै हेने हो तर नया“ राष्ट्रिय सेना बनाउनर्ुपर्छ भन्ने हाम्रो प्रस्ताब हो' उनले भने।
रक्षामन्त्री विद्या भण्डारीले सेनामा लडाकु समायोजन हुन नसक्ने भनाईप्रति उनले आपत्ति प्रकट गरे। 'समायोजन गर्न नसक्ने ताकत रक्षा मन्त्रीस“ग छैन, भीडन्त निम्त्याउने यस्त्ाा अभिव्यक्ति आपत्तिजनक छ' बलदेबले भने , 'समायोजन मन्त्रीको ताकत भन्दा बाहिरको कुरा हो। सहमति अनुसार हुनर्ुपर्छ।'

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।