Skip to main content

पत्रकार साहद्वारा अपराधिक व्यक्तिसंग बार्गेनिंग गरेर पैसा उठाउने गरेको आरोप



-सम्झना उदास-
काठमाडौं, २६ असोज । नेपालको सबैभन्दा ठुलो र स्थापित संचारमाध्यम कान्तीपुर दैनिकका अपराध सम्बन्धी समाचार लेख्दै आएका पत्रकार जितेन्द्र साहले अपराधीक ब्यक्तिहरुसित वार्गेनिगं गरेर पैसा उठाउने गरेको पुष्टी भएको छ।
पछिल्लो पटक आफैंले महानगरिय प्रहरी आयुक्तको कार्यालयमा गएर आत्मर्समपण गरेका उपत्यकाका नामुद गुन्डा चरि भनिने दिनेश अधिकारीसित उनले एसएमएस मार्फ २ लाख पैसा लिएको पुष्टी भएको हो ।
नेपाल टेलिकमवाट प्राप्त विवरण अनुसार उनले चरीको मोवाइलमा एसएमएस गरेर प्रहरीसित उनको केस मिलाइदिने भनेर २ लाख माग गरी उठाएका थिए । उनले एसएसएममा आफ्नो ब्यक्तिगत कामका लागि पैसा चाहिएको भन्दै आफ्नो मोवाइल ९८४१४४५१२५ वाट एसएमएस गरी २ लाख रकम माग गरेका थिए ।
उनले पटक पटक गरेको ६ वटा एसएमएसमा दिनेशको नाममा प्रहरीकोमा रहेको केसहरुको बारेमा जानकारी लिएर उनलाई एसएमएस मार्फनै जानकारी दिने गरेको समेत खुलासा भएको छ । उनले चरिका बारेमा नेपाल प्रहरीका एआइजीसंगसंग डिल गरेर चरीको केस मिलाएको समेत पुष्टी भएको छ । उनले एक एसएमएसमा प्रहरीसंग दिनेशको बारेमा जम्मा तीन वटा केस रहेको तर कुनैको पनि प्रमाण नभएको दावी गरेर एसएमएस गरेका छन ।
तर,उनले दशै अगाडि आयुक्तको कार्यालयमा आत्मर्समपण गरेपछि महानगरिय प्रहरी परिसर काठमाडौंले मुद्धा अगाडि बढाएर अहिले उनी ज्यान मार्ने प्रयास गरेको अभियोगमा डिल्लीबजार कारागारमा र्पुपक्षको केसमा थुनामा रहेका छन । जितेन्द्रले केस मिलाउछु भन्दै २ लाख पैसा लिएपनि आखिरमा उनी फसेकाले अहिले अधिकारी समेत उनीप्रति रिसाएका छन ।
प्रहरीले चरिलाई पक्राउ गरेपछि अनुशन्धानको क्रममा लिएको उनको मोवाइलवाट जितेन्द्रले गरेको एसएमएस फेला पारेको हो । एसएमएसको बारेमा कान्तीपुरका सञ्चालकलाइ समेत जानकारी छ । तर कुनै कार्वाही गरेका छैनन । उनलाई कार्वाही गराउन कान्तीपुरका केदार ओझा र सरोजराज अधिकार सक्रिय छन । तर उनीहरु सफल हुन सकेका छैनन ।
शाहको बारेमा काठमाडौं परिसरका प्रमुख नवराज सिलवाल समेत जानकार छन । तर स्पष्ट प्रमाण फेला परेपनि प्रभावशाली मिडियाको पत्रकार भएकाले शाहलाई कारवाही गर्न उनी समेत डराएका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।