वीरगंज, १५ मंसिर । बाराबाट प्रकाशित हुने कृपा दैनिक र पर्साबाट प्रकाशित हुने नारायणी टुडे दैनिक पत्रिका समाचारको बिषयलाई लिएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष समेतको उपस्थितीमा बाराको कलैयामा आईतबार जलाईएकोमा नेपाल पत्रकार महासंघ बारा शाखाको ध्यानाकर्षा भएको छ।
महासंघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले एक प्रेस विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री बिजय गच्छदारमाथी चप्पल प्रहार बिषयको समाचार लेखेको भन्दै पत्रिका जलाइनु दुःखद र खेदजनक बिषय हो। यस्तो कार्यको महासघं खेद प्रकट गरेको छ।
समाचार गलत भए कानुनी र अन्य उपाय हुदा हुदै पत्रिका जलाउनु गलत भएकोले यस्ता कार्य नगर्न नगराउन सम्बन्धित पार्टर्ीी तिनका संगठनसंग माग गर्दै दोषीमाथी कारवाहीको लागि महासंघ माग गर्दछ। अन्यथा महासंघ जस्तो सुकै बिरोधको कार्यक्रम गर्न बाध्य हुनेछ प्रेस विज्ञप्तिमा उल्लेख छ।

Comments
Post a Comment