
आज बिहान प्रदर्शनकारीहरुले बसपार्क, नेशनल टे्रडिङमा सडक अवरुद्ध गरेपछि सवारीका साधनहरु जाममा परेका छन्।
गए राति वीरगंजको नेशनल टे्रडिङ अगाडि ना ८ प ३५५८ नं.को मोटरसाइकलको ठक्करबाट घाइते भएका वीरगंज-१५ निवासी रामबिनय कुशवाहाको उपचारको लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो।
प्रदर्शनकारीले मुर्ली, बाइपास रोडमा प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले चलाएको ढुंगा लागी प्रहरी सहायक निरीक्षक चुढामणी दहालको टाउकोमा चोट लागेको छ। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ। प्रदर्शनकारीले ना ४ ख ९०७ नं.को टिपर, ना २ प ९२२४ नं.को मोटरसाइकल र ना १ क ८४८४ नं.को ट्रकमा समेत तोडफोड गरेका छन्।
ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले भगाएको विरोधमा विभिन्न स्थानमा टायर बाली बिहान वीरगंज बजार बन्द गराए पनि दिउँसोसम्म सामान्य भइसकेको छ।
हातमा लाठीफाटासहित निस्किएको जुलुसले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका थिए।
यातायात ठप्प हुंदा बाराको बरियारपुरमा लागेको गढीमाइको मेलामा जाने र आउने दर्शनार्थीहरु अलपत्रमा परेका छन्।
Comments
Post a Comment