Skip to main content

बडा दशैं दशा नबनोस


-मुकेश बस्नेत
वीरगंज, ८ असोज । विजया दशमीको अवसरमा बारा, पर्सामा चोरी डकैति र लुटपाटको घटनामा वृद्धि हुनुको साथै राजमार्गमा दुर्घटनाको क्रमले तीव्रता पाएको छ।
हिजोआज पर्सा जिल्लामा प्रहरीले सुरक्ष्ँा स्थिति कडा पारेको भए पनि सन्तोषजनक छैन। सवारीसाधन चेकजांचको बहानामा दशै खर्च उठाउन व्यस्त छन प्रहरी प्रशासन।
दशैको बेला सवारी चालकहरुले मदिरा लगायत लागू औषध सेवन गरेर सवारीसाधन चलाउने गर्दछन्, साथै पैसाको लोभमा परेर बस चालकहरु ओभर टाइम भन्दै दिनरात सवारीसाधन चलाउने गरेबाट नै दुर्घटना निम्तिने गरेको छ। तर्सथ प्रहरीले पहिले सवारीसाधन चलाउने चालकहरुले मदिरा सेवन गरे, नगरेको सोबारे जांचबुझ गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ, दशैंको बेला कोही आफनो गाउं, कोही मामाघर लगायत आफन्तजनको हातबाट टिका थाप्न उत्सुक हुन्छन्, सवारीसाधनको सुविधा नभएको र्सवसाधारणहरुले बस, ट्रकमा नै यात्रा गर्छन्, दशैंको बेला बसहरुले यात्रुहरुलाइ गुन्द्रुक कोचेसरि कोच्ने गर्छन् र मनपरी भाडा असूल्ने गर्छन्। यसबाट दुर्घटना हुने संभावना बढेको छ।
हिन्दूहरुको महान चाड बिजया दशमीको बेला मह“गी बढ्दै गएपछि दशैंले दशाको रुप लिएको छ। गच्छे अनुसारको रमाइलो, खानपान गर्न नसक्ने अवस्थामा नेपाली जनताहरु पुगिसकेका छन्।
गत वर्षो दसैं र यस दशैंमा आकाश जमिनको फरक भयो। नभएको ऋण खोजेर दशैं मनाउन जनता बाध्य भएका छन्। देशमा अन्यौलताको स्थिति तथा मह“गीले दशैंलाई दशाको रुपमा सावित गरेको छ। अरुको तडकभडक भन्दा आफ्नो घा“टी हेरी दशैंलाई एउटा पर्वको रुपमा मनाउनुपर्ने भएको छ।
असत्यमाथि सत्यको विजय भएको धार्मिक मान्यता रहेको यस पर्वमा अब असत्यवादीहरुको नै बोलबाला छ। श्रमजीवी संचारकर्मीहरु दशैंको बेला अरुको मुख ताक्नु पर्ने बेला भएको छ भने भ्रमजीवी संचारकर्मी पत्रिकाभरि विज्ञापन मात्र प्रकाशित गरी रंगेदारी उठाउन मस्त छन्।
चार वर्षको यात्रामा वीरगंज टुडे ब्लग स्पट डट कमले कुनै पनि क्षेत्रबाट केही सहयोग पाएन। मात्र यस्ले समाचारको बदला समाचार नै पायो तथा संचारकर्मीहरुको न्यानो साथ, शायद यो नै हाम्रँे लागि ठूलो कुरा भयो। जे होस् अन्त्यमा बडा दशै २०६६ को सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमो मंगलमय शुभकामना ।- वीरगंज

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।