Skip to main content

दशैंको बेलामा नेपाली बजारमा भारतीय जाली नोट भित्रियो, दुइ भारतीय १६ हजार जाली नोटसहित पक्राउ


वीरगंज, ८ असोज । हिन्दूहरुको महान चाड विजया दशमी, तिहार, दीपावली र छठ पर्वको आगमनसंगै नेपालमा जाली भारतीय नोटहरु छयापछ्याप्ती देखिन थालेको छ।
यसैक्रममा हिजो नक्कली भारतीय नोटसहित दुइजना भारतीयलाइ प्रहरीले पक्राउ गरेको छ।
हिजो बिहान ११ः४५ बजे चुरियामाई-२ मा नक्कली नोट लिएर खसी बोका किन्न गएका भारत मोतिहारी घर बताउने बर्ष १८ को नजिर हुसेन र सोही ठाउं बस्ने बर्ष २५ को सरोज देवानलाई १६ हजार नक्कली नोट सहित पक्राउ गरिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
चार्डपर्वको मौका छोपी विभिन्न भेषभुषामा नेपाल छिरेका भारतीय नक्कली नोटका कारोबारीहरुले नेपाली बजारमा जाली नोटको संजाल फैलाएको प्राप्त जानकारीमा उल्लेख छ।
अहिले भारतीय सीमार्वी क्षेत्र र वीरगंजमा भारतीय जाली नोट छयाप्छयाप्ती छ । त्यसो त नेपाली हजारको जाली नोट पनि देखा नपरेको होइन । झट्ट हर्ेदा दुरुस्त सक्कली देखिने भारतीय जाली नोटहरु सक्कली हुन कि नक्कली छुटयाउन नसक्दा र्सवसाधारण ठगिने गरेका छन्। गहिरिएर हर्ेर्ने हो हो भने हो भने जाली नोटका कागज कम गुणस्तरको हुने, नोटमा पानी दलेर हल्का रगडदा हातमा रंग देखापर्ने जस्ता जाली नोट चिन्ने आधारबारे जानकारी भए र्सवसाधारण नठगिने राष्ट्र बैंक वीरगंज शाखाका एक कर्मचारी बताउंछन्।
गत दुइ वर्षको तथ्याकं हर्ेदा राष्ट्र बैंकसम्म अढाइ लाखको हाराहारीमा जाली नोटहरु पुगेका छन्। वीरगंजका बैंकहरुबाट संकलित रकमबाट सो जाली नोट राष्ट्र बैंकसम्म पुगेको उनले बताए । सम्बन्धित निकायहरुले समय समयमा जाली नोट पहिचानबारे संगोष्ठी गर्ने तथा प्रहरी प्रशासनले सक्रिय भइ जाली नोटको कारोबारमा संलग्नलाई कडा कारबाही गरेको खण्डमा मात्र यसका कारोबारीहरु हतोत्साही हुने राष्ट्र बैंकका एक कर्मचारीले बताए। उनका अनुसार प्रहरीको तथ्याकं हर्ेदा पर्सा प्रहरीले जाली नोटको कारोबारमा संलग्न रहेको आशंकामा एक दर्जनभन्दा बढी व्यक्तिविरुद्ध कारबाही गरेको देखिन्छ । तर यसको संजाल यति विघन दरो छ कि प्रहरी कारबाहीमा परेका अपराधीहरु प्रहरीद्वारा नै मुद्दा कमजोर बनाएर अदालतबाट सहजै छुट्ने गरेका छन्। भारतीय १०००, ५०० र १०० का नोटहरु जाली भेटिए पनि ती मध्ये चलनचल्तीमा रु १००० र ५०० को नोट बढी जाली भएको पाइएको छ। कारोबारीले हजार र सयका भन्दा ५ सयको जाली नोटहरु बजारमा छ्याप्छ्याप्ती पारेको हुंदा थुप्रै व्यापारीहरुले भारु १००० र ५०० को नोटको कारोबार गर्न छाडेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।