Skip to main content

बन्दविरुद्ध उद्योगी/व्यवसायी एकबद्ध हुने

-अर्जुन सुवेदी
हेटौडा, २३ पुस। पटकपटकको बन्दबाट यातायात व्यवसायी र उद्योगीहरु सबैभन्दा पीडित भएको भन्दै बन्दका विरुद्ध एकताबद्ध हुन सम्बद्ध संघहरु सकारात्मक देखिएका छन्। बन्दका विरुद्धमा कार्यदल नै बनाएर सहकार्य थाल्ने उनीहरुले बिहीबार एक कार्यक्रमका बीच हेटौंडामा प्रतिबद्धता जनाएका छन्।
उद्योग संघ हेटौंडाका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा नारायणी यातायात व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा एक्ला-एक्लै हिंड्ने बानी हटाउने विषय उठेको नारायणी संघका सञ्चार संयोजक अर्जुन क्षितिजले बताउनु भयो। हेटौंडामा सवारीबीच स्वतन्त्र प्रतिस्पर्धा भएको, राजनीतिक र औद्योगिक वातावरण सुमधुर रहेकोसम्बन्धमा व्यापक जानकारी गराउन सके नयां उद्योगहरु भित्रन सक्ने कार्यक्रमको निचोड रहेको उहांले जानकारी दिनु भयो।
कार्यक्रममा स्वागत मन्तव्यका क्रममा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले व्यवस्थापन पद्धति र सहयोग हस्तान्तरणको कार्य शुरु गर्न अनुरोध गर्नु भएको थियो। व्यवसायको सफलता सक्षम व्यवस्थापनमा निर्भर रहने भएकोले उद्योगले यातायात व्यवसायमा पनि व्यवस्थापकीय सक्षमताका लागि पहल गर्नु पर्ने धारणा राख्नु भएको थियो।
कार्यक्रममा बोल्दै उद्योग संघ हेटौँडाका अध्यक्ष ऋषिराम घिमिरेले बन्दका विरुद्ध र आपसी हितका लागि साझा संयन्त्र बनाएर अघि बढ्न आफूहरु तत्पर रहेको जनाउनु भयो। सबैभन्दा बढी सवारी भएको संस्था, सबैभन्दा ठूलो औद्योगिक क्षेत्र र सबैभन्दा सचेत राजनीतिक दल भएको जिल्लामा संस्थागत सहकार्यले निकै सकारात्मक वातावरण श्रृजना गर्नेछ अध्यक्ष घिमिरेले बताउनु भयो।
दुबै संस्थाका अध्यक्षसमेत रहीसक्नु भएका व्यवसायी माधव अधिकारीले समय अनुसार प्रतिस्पर्धी क्षमताको विकास गर्न दुबै संस्थाहरुलाई आग्रह गर्नु भयो। बन्दको विरुद्धमा संयुक्त प्रतिबद्धतासहित सडकमै ओर्लिनु परे पनि पछि नहट्न उहांले दुबै संस्थालाई अनुरोध गर्नु भयो। कार्यक्रमको समापन मन्तव्यका क्रममा नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष गोकर्ण्र्ाासाद पराजुलीले सहकार्यलाई व्यवहारमा उतारेर यसक्षेत्रमा सकारात्मक प्रभाव पार्न सबैलाई अनुरोध गर्नु भयो।
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले यातायात र उद्योगबीच नङ-मासुको सम्बन्ध रहेको बारे प्रकाश पार्नु भएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।