Skip to main content

मोर्चाद्वारा तीन माओवादी कार्यकर्ताको गोली हानी हत्या


वीरगंज, २३ पुस। तर्राई मुक्ति मोर्चाका कार्यकर्ताले तीनजना माओवादी कार्यकर्ताको गोली हानी हत्या गरेको छ भने दर्ुइजना घाइते भएका छन्।
गए राति बाराको गन्जभवानीपुरमा मोर्चाका कार्यकर्ताले चलाएको गोली लागेर गंजभवानीपुर गाविस २ निवासी २८ वषर्ीय अम्विका महतो, २६ वषर्ीय रामप्रकाश यादव र दाराप्रसाद यादवको मृत्यु भएको हो।
गंजभवानीपुरमा कन्हैया यादवकोे इंटाभट्टाको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा ४ वटा मोटरसाइकलमा आएका हतियारधारी मोर्चाका कार्यकर्ताले लुकेर माओवादी कार्यकर्तामाथि गोली प्रहार गरेको बताइएको छ।
गोली लागी एकीकृत नेकपा माओवादीका बारा जिल्ला सदस्य एवं क्षेत्र नम्वर २ का एरिया सेक्रेटरी कन्हैया यादव र स्थानीय बासिन्दा सियाराम महतो र्घाईते भएका छन्।
गम्भीर घाइते भएका यादवलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अर्का घाइते महतोको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।
घटनास्थलमा अत्याधुनिक एसएमजी गोलीका खोकाहरू भेटिएको प्रहरीले जनाएको छ।
यसैवीच सो हत्याकाण्डको जिम्मेवारी मोर्चाका बारा, पर्सा रौतहटका सैन्य कमाण्डर अग्नीले फोन मार्फ लिएको बताइएको छ। मोर्चाका जिल्ला संयोजक जयरामको नेतृत्वमा गएको टोलीले गोली हानी तीन जनाको हत्या गरेको अग्नीले बताएका छन्।
सो घटनाको विरोधमा एकिकृत नेकपा माओवादीले बाराको कलैया बजार आज बन्द गराएका थिए ।
उक्त सम्बन्धमा बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम एवं बाराका प्रहरी उपरीक्षक महेन्द्र पोखरेलसंग बुझ्दा सो घटनाका दोषीहरुलाई पक्राउ गर्न सादा पोशाक एवं पोशाकधारी प्रहरी परिचालन गरिसकेको तथा नाकाबन्दी गरी खोजतलास जारी राखेको बताउनुभयो ।
यसैवीच राजधानीबाट प्राप्त जानकारी अनुसार गम्भीर घाइते यादवको उपचार नर्भिक अस्पतालमा भइरहेको बेलामा एनेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टर्राईले उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।