Skip to main content

माओवादी सेनाको शिविरबाट नाबालिगको बिदाइ

सिन्धुली, २३ पुस। नेपालको मध्यमाञ्चलको सिन्धुलीमा रहेको माओवादीको मुख्य शिविरमा आयोजित बिदाइ समारोहपछि नेपाली युवा युवतीको एउटा समूहले आज सैनिक जीवनलाई त्यागेर नागरिक जीवनतिर र्फकदैछन्।
बालबालिका वा तोकिएको मितिभन्दा पछि भर्ति भएका कारण माओवादी सेनामा योग्य नठहरिएकाहरूको यो पहिलो समूहलाई बिदाइ गरिदैँछ। नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि तथा मानवीय सहयोग संयोजक रोबर्ट पाइपर भन्नुहुन्छ, आजको दिनलाई सन् २००६ देखि शिविरमा बसिरहेका हजारौँ नेपालीहरूका लागि नागरिक जीवनमा र्फकने पहिलो कदमका रूपमा लिन सकिन्छ। यो समारोह शान्ति प्रव्रिmयाको एउटा महत्वपूर्ण कोषेढुङ्गा हो र यसले विस्तृत शान्ति सम्झौतामा उल्लेखित अन्य कामहरूलाई पनि गति प्रदान गर्नेछ भन्नेमा हामी आशावादी छौं।
यी युवाहरू १८ वर्षउमेर नपुगेका ५०० जनासहित ४,००८ जना मध्येका हुन जसलाई आगामी ४० दिन भित्र बिदाइ गरिदैँछ। यो पुनर्स्थापना प्रव्रिmया अर्न्तर्गत युवाहरूले संयुक्त राष्ट्रसंघको सहयोगमा नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न अवसरहरू प्राप्त गर्नेछन् जसमा नयाँ सिप सक्ने, विद्यालय फर्केर पढ्ने वा व्यापार व्यवसाय गर्नेजस्ता अवसरहरू छन्।
देशभरि रहेका ७ वटै शिविरमा सन् २०१० को फेब्रुवरी महिनाको मध्यसम्ममा सम्पन्न गर्ने भनी तय गरिएको यो बिदाइ प्रव्रिmया सन् २००९ को डिसेम्वर महिनामा नेपाल सरकार, एनेकपा -माओवादी) र संयुक्त राष्ट्रसंघबीच हस्ताक्षर भएको कार्ययोजनाको एउटा पाटो हो।
एनेकपा-माओवादीले यो योजनाको पूर्ण पालना गरेको प्रमाणित भएमा उक्त पक्षलाई राष्ट्रसंघीय महासचिवको बालबालिका र सशस्त्र द्वन्द्वसम्बन्धी वाषिर्क प्रतिवेदनमा उल्लेखित बालबालिकाको भर्ति र प्रयोग गर्ने पक्षहरूको सूचीबाट हटाउनेसम्बन्धमा विचार गर्न सकिन्छ।
शिविरमा आयोजित बिहिबारको समारोह अगाडि नै यी युवाहरू संयुक्त राष्ट्रसंघका विभिन्न निकायद्वारा सञ्चालित बिदाइका विभिन्न प्रव्रिmयामा सहभागी भइसकेका छन्। उनीहरूलाई उपलब्ध पुनर्स्थापनाका विकल्पहरूको बारेमा जानकारी दिनुका साथै गैरसैनिक लत्ताकपडा र परिचयपत्र दिइएको थियो। आगामी केही महिनामा उनीहरूले गैरसैनिक जीवनमा कसरी सामञ्जस्य गरिरहेका छन् भनेर अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघको टोलीले बिदाइ भएकाहरूलाई सर्म्पर्क गर्नेछ।
योग्य नठहरिएका मध्ये ३,००० जना सन् २००६ मे २५ अर्थात् युद्धविरामका बेलामा नाबालिग नै थिए। आजका मिति सम्ममा १२ जना जति १६ वर्षउमेर नपुगेका बालबालिका छन् भने करिब ५०० जना जति १८ वर्षउमेर नपुगेका व्यक्तिहरू छन्। र ती मध्ये करिब एकतिहाइ जति महिला छन्।
ँयी युवाहरूको बिदाइले नयाँ वर्षो उपलक्ष्यमा एउटा साङ्केतिक सन्देश प्रवाह गरेको छ,’ युनिसेफका नेपाल प्रतिनिधि जिलियन मेलसोप भन्नुहुन्छ, ँयसले यी युवाहरूलाई आप\mनो जीवन जीउने अवसर मात्र प्रदान गरेको छैन त्यसका साथमा नयाँ दशकको प्रारम्भमा नयाँ सुरुवातको सङ्केत दिएको छ जसबाट नेपाल अरुै बढि स्थायित्वपूर्ण र शान्त भविष्यतर्फअघि बढ्न सक्नेछ।’

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।