Skip to main content

गतिरोध अन्त्यका लागि कांगे्रसको पाँच प्रश्ताव

समयमै संविधान नबने मुलुक दुर्घटनामा पर्छ ः एमाले



सडक र सदनबाट सरकारलाई बर्खास्त गछौर्ं ः माओवादी



नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरिसंह केसीले अहिल्ेको राजननीति गतिरोध अन्त्यको लागि पाँचवोटा विकल्पहरु अघि सारीएको बताउनुभएको छ। रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहमहामन्त्री केसीले राष्ट्रपतिलाई महाअभियोग प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव सैनिक ऐन संशोधन नागरिक सर्वोच्ताका लागि दलहरुको सहमतिमा छुट्टै प्रश्ताव राष्टपति र प्रधानमन्त्रीको अधिकारबारे संविधान संशोधनको प्रश्ताव ल्याउन माओबादीलाई आग्रह गर्नुभएको छ। तर संकल्प प्रश्तावको बारेमा भने कांग्रेस कुनै पनि हालतमा छलफल गर्न तयार नहुने बताउनु भयो। उहाँले माओबादीहरुले सहमती चाहन्छन् भने यि विकल्पहरु मध्यबाट निकास दिनु पर्छ। वर्तमान सरकारको कुनै विकल्प नभएको बताउँदै संविधान नबनुाजेल र शान्ति प्रकि्रया निश्कर्षमा नपुगुनजेल आपुनो पार्टीले सरकारको विकल्प नखोज्ने बताए। प्रवक्ता केसीले भन्नुभयो सरकारको नेतृत्व कांग्रेसले गर्ने प्रश्ताव आए पनि कांग्रेसलाई मान्य हुदैन। माओबादीसंग मिलेर अर्को सरकार गठन गर्ने कुर्न सम्भावना छैन। संसद अवरुद्ध सडक जाम र बहिष्कार गरेर कुनै समस्याको समाधान निस्कँदैन।



रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एकीकृत माओवादीको प्रवक्ता दीनानाथ शर्माले नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमबारे संकल्प प्रस्तावमा छलफल गर्न संसदको कुन नियमावली र ऐनले रोकेको हो भन्ने प्रश्न गरे। सभामुखले कांग्रेस र एमालेको प्रभावमा छलफल रोकेको आरोप उनले लगाए। यो सरकारले अधिनायकबाद र निरंकुशता लाद्न चाहेको छ त्यसको विरुद्ध माओबादीले सडक र संसद ठप्प पारेर सरकारलाई बर्खास्त गर्ने बताए। हामी वार्ता गर्न जहिले पनि तयार छौं यदी समस्याको समाधान चाहने हो भने प्रधानमन्त्रीले ठोस प्रश्ताव लिएर आउनुपर्छ। उनले भने ुसमयमै संविधान नबने मुलुक दुर्घटना पर्छ भन्नेमा माओवादी सहमत छु उनले भने ुतर यसको सम्पूर्ण दोष उग्र दक्षिणपन्थी दल कांग्रेस र एमालेलाई जान्छ।ु उनले भने सरकारमा रहेका पार्टीहरु राष्ट्रपती शासन लाद्न उद्यत छन्।



एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले निर्धारित समयमै संविधान जारी नभए मुलुक दुर्घटनामा पर्ने चेतावनी दिए। नेता अधिकारीले बडादसैंको अवसरमा सबै दलका शीर्ष नेताले समयमै संविधान बनाउने सन्देश दिनुपर्ने बताए। शान्ति प्रकि्रया लडाकु समायोजन र संविधान निर्माणमा गम्भीर हुन उनले सबैसँग आग्रह गरे। अहिले यो सरकारको विकल्प छैन। माधव नेपालको विकल्प खोजियो भने मुलुक दुर्घटनामा जान्छ भन्दै नेता अधिकारीले यहि सरकारमा माओबादी सहभागि भएर सहमति खोज्न आग्रह गरे।



कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले



संविधान नबनाएर नेताहरु वाणी युद्धमा अल्झिरहेको आरोप लगाए। यस्तै हो भने देश डुब्ने खतरा रहन्छ- उनले भने। राष्ट्रपतीका बारेमा कुनै पनि हालतमा संसदमा छलफल गर्न सिकंदैन। उनले भने सभामुखले एक पटक अस्विकार गरेको प्रश्ताव संसदमा प्रवेश गराउनै मिल्दैन। रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाले सबै दलहरुविच सहमतीको विकल्प नभएको बताउदै संविधान निर्माणको लागि सबैदलहरु सहमतीमा आउन आग्रह गरे।


Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।