भक्तपुर, २७ असोज। भक्तपुरका प्रजापितहरु यतिखेर तिहारको लागि दियोको
रुपमा प्रयोग गरिने माटोका पाला बनाउनमा ब्यस्त छन्। भक्तपुर
र्सर्ुजमारीका आशाराम प्रजापति भने आफ्नो ब्यस्तता प्रति खुसी देखिदैनन्।
माटोको पालको न्युन मुल्यको कारण उनी लगायत माटोको कालकृति बनाउनेहरु
निरास भएका हुन। एउटा पालाको मुल्य एक मोहर भन्दा बढी पाउन सकिदैन उनले
भने। बजारमा अहिले देखिएका बिद्युतिय उज्यालोका सामानहरुको कारण माटाको
पालमा दियो जलाउनेहरु परम्परा घटिरहेको छ। आशारामका सन्तानहरुले त माटोको
काम छोडिसकेका छन्। भभिष्यमा माटोको पाला लोप हुने भयले उनलाई सताएको छ।
पर्यटकहरुमा माझ माटोको भाडा खरिद गर्ने उत्सुकता रहे पनि सरकारी
क्षेत्रको बेवास्ताले औपाचारिक रुपमा यस पेशाको संरक्षण र प्रचार नगरिदा
कुमाले पेशा संकट परेको भक्तपुरका माटोको काम निरन्तर गरिरहेका
प्रजापतिहरुले बताए।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment