Skip to main content

गल्ली गल्लीमा पर्यटक शौचालय अभाव

भक्तपुर, २७ असोज। यस बर्षो पर्यटक सिजन सुरु भैसकेको छ। भक्तपुरका
गल्लीगल्लीमा बिदेसी पर्यटकरु देखिन थालेका छन्। तर उनीहरुलाई शौचको
समस्या रहेको छ। शौचालय नहूदा भक्तपुरका केही गल्ली पर्यटकको खुल्ला
शौचालय हुन पुगेको छ। रबिन्द्र पुरीद्धारा निर्मित नमुना घरको पछाडिको
गल्लीमा पर्यटकहरुले शौचालयको रुपमा प्रयोग गर्न थाले पछि गत बर्षेखि
गल्लीमा आवागमन बन्द गराइएको छ। अहिले पनि सो घरको अगाडि र छेउका
गल्लीहरु भने खुल्ला शौचालयको रुपमा नै प्रयोग भैरहेका छन्। दतात्रय
मन्दिरको अगाडि रहेको भीमसेन मन्दिरको भुइतला पनि खुल्ला शौचालय बनेको छ।
भक्तपुर दरवार क्षेत्रको दिनेश बाबु हाडा गल्ली पनि खुल्ला शौचालयको
रुपमा प्रयोग हुदै आएको छ। शौचालय नहूदा भक्तपुर दरवार क्षेत्रमा रहेको
प्यालेस रेष्टुरेण्ट साँझ बन्द भए पछि स्थानीय युवाहरुले शौच गर्ने गरेका
छन्। नगरपालिकाले बनाएको दरवार क्षेत्रको पर्यटक शौचालय साँझ बन्द हुन्छ।
नगरपालिका र होटेलवालाहरुको मिलेमतोमा आबश्यक संख्यामा शौचालयहरु
नबनाइएका हुन। पर्यटकको बढ्दो चापको कारण टुरिष्ट बसपार्कमा रहेको शौचालय
प्रयोग गर्न चाहने पर्यटकहरु लामो लाइन बस्न बाध्य भएका छन्। नगरपालिको
ठाउँ ठाउँमा र्सार्बजनिक शौचालय बनाउने आर्थिक हैसियत भए पनि होटेलहरुको
अनुरोधमा शौचालय नबनाइएका हुन। शौच गर्नको लागि भए पनि पर्यटक होटेलमा
ग्राहक बनेर आउछ भन्ने गलत मानसिकता यहाँका होटेलवालाहरुको रहेको छ। भएका
शौचालयहरु समेत सुबिधाजनक छ्रैनन्। यसबाट दुष्ट नगरपालिकाले पर्यटकबाट
बाषिर्क १० करोड भन्दा बढी रुपैया उनीहरुको सामान्य हितको लागि पनि खर्च
भएको देखिएन।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...