Skip to main content

अनेसासद्वारा विभिन्न स्रष्टा पुरस्कृत तथा सम्मानित

काठमाडौं, २७ असोज। गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलनको सर्न्दर्भमा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज -अनेसास)ले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ।
अनेसासले आज राजधानीमा आयोजना गरेको दोस्रो गैरआवासीय नेपाली साहित्य उत्सवका अवसरमा स्रष्टाहरुलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुरस्कार तथा सम्मान वितरण गर्नुभयो।
कार्यक्रममा बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, बरिष्ठ संगीतकार अम्बर गुरुङ, बरिष्ठ चित्रकार मनुजबाबु मिश्र, बरिष्ठ उपन्यासकार डायमण्ड शमशेर, बरिष्ठ समालोचक डा. तारानाथ शर्मा, बरिष्ठ साहित्यकार वानिरा गिरी र बरिष्ठ लेखक तथा साहित्यकार मोदनाथ प्रश्रतिलाई सम्मान गरिएको थियो।
सो अवसरमा समको सुखान्त नाट्यकारिता नामक समालोचना ग्रन्धका लागि डा. देवीप्रसाद सुवेदीलाई अन्तर्रर्ााट्रय नेपाली साहित्य, सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गरियो। पुरस्कारको राशी १५ सय अमेरिकी डलर रहेको छ। त्यस्तै आमा जानुहोस् नामक कथा संग्रहका लागि कथाकार माया ठकुरीलाई सर्वोत्कृष्ट नारी हस्ताक्षर अनेसास डिल्लीराम तिमसिना स्मृतिक पुस्तक पुरस्कार प्रदान गरिएको छ। सो पुरस्कारको राशी ४ सय अमेरिकी डलर रहेको छ।
त्यसैगरी रिता खत्रीको फूल रोएपछि नामक कविता कृतिका लागि सर्वोत्कृष्ट नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ। सो पुरस्कारको राशी ३ सय १० अमेरिकी डलर छ। त्यसैगरी मूलको सङ्लो पानी गीतसंग्रहका लागि हरिभक्त बुढाथोकीलाई सर्वोत्कृष्ट नेपाली गीति कविता अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार प्रदान गरियो। सो पुरस्कारको राशी २ सय अमेरिकी डलर रहेको छ।
सोही कार्यक्रममा चन्द्रमामा खरायो नामक बालसाहित्यका लागि डा. सुष्मा आचार्यलाई अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुस्कार प्रदान गरियो। पुरस्कारको राशी २ सय अमेरिकी डलर छ।
त्यसैगरी तस्वीरहरु कविताका लागि ध्रुवलाल शर्मालाई २ सय अमेरिकी डलर राशी रहेको अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार, अन्तिम घुड्को कथाका लागि नगेन्द्र नेउपानेलाई २ सय अमेरिकी डलर राशीको अनेसास रमाकान्त सर्वोत्कृष्ट पुस्तक पुरस्कार, म गोपाल र अर्थात गोपालहरु नामक कविता कृतिका लागि वियोगी बुढाथोकीलाई २ सय अमेरिकी डलर राशीको अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, विखण्डित प्रवाह नामक कथाकृतिका लागि नवराज रिजाललाई २ सय अमेरिकी डलर राशीको गोविन्द गिरि प्रेरणा सर्वोत्कृष्ट पुरस्कार, जसको जोत उसको पोत प्रबन्धका लागि विमल भौकाजीलाई अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार, अमेरिका नामक कविताकृतिका लागि शैलेद्र साकारलाई २ सय अमेरिकी डलर राशीको अनेसास चेतनाथ घिमिरे पुस्तक पुरस्कार, हिमवत् खण्ड नामक महाकाव्यका लागि भानुभक्त पोखरेललाई अनेसास सिता पाण्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गरिएको छ।
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले वितरण गर्दै आएको डायस्पोरा साहित्य पुरस्कार भने यसअघि नै वितरण गरिसकिएको छ। जसमा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार बरिष्ठ साहित्यकार कृष्णप्रसाद श्रेष्ठ, खेमलाल हरिकला लामिछाने पुरस्कार डा. गोविन्दराज भट्टर्राई, फूलकुमारी महतो स्मृति पुरस्कार त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभाग र नारायण जयन्ता प्रर्साई वेभ पत्रकारिता पुरस्कार कृष्ण बजगाईलाई प्रदान गरिसकिएको छ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजका अध्यक्ष डा. कुमार बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा साधना कला केन्द्रका कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए।
यसैगरी गैर आवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी केही संचार माध्यमहरुमा गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा कुनै एक व्यक्तिको नाममा र्सवसम्मती भएको भन्ने समाचार प्रकाशित/प्रशारित भएकोप्रति गम्भीर ध्यानाकर्षा भएको जनाएको छ।
विज्ञप्तिमा उल्लेख छ- यही असोज २९ गतेका दिनमा मात्र गैर आवासीय नेपाली संघको साधारण सभा र निर्वाचन प्रक्रिया शुरु हुने हु“दा अध्यक्ष लगायत अन्य पदाधिकारी को कसले कुन पदमा उम्मेदवारी दिएका र को कुन पदमा निर्वाचित भएका छन् भन्ने कुरा त्यतिवेला मात्र प्रष्ट हुने जानकारी गराउदछौं।
हिजो भएको गैर आवासीय नेपाली साथीहरुको बैठकमा तीनै जना उम्मेदवार बीच संयुक्त भएर जाने, अध्यक्षका लागि एक जनाले मात्र उम्मेदवारी दिने र एक आपसमा चुनावी मैदानमा नउत्रने भन्ने साझा सहमती भएको पनि जानकारी गराउन चाहान्छौं।
तर्सथ कुनै एक व्यक्तिको नाम किटेर भ्रम सृजना गर्ने खालका समाचार प्रकाशित/प्रशारित नगरिदिनु हुन हार्दिक आग्रह गर्दछौं।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।