Skip to main content

जाली नोटका कारण नेपाली अर्थतन्त्र धरायशी हंुदै

वीरगंज, २७ असोज। के तपाइं भारू नोटसंग कारोबार गर्दै हुनुहुन्छ - हुनुहुन्छ भने सचेत हुनुहोस् तपाईको हातमा परेका सवै भारू नोट सक्कली नहुन पनि सक्छन्। अहिले भारतीय सीमावर्ती क्षेत्रका नेपाली बजारमा भारतीय जाली नोट छ्याप्छ्याप्ती भएका छन्। त्यसो त नेपाली रूपैयांमा पनि जाली नोट देखा नपरेको होईन । झट्ट हेदा सक्कली नोटको दुरूस्तै देखिने भारतीय जाली नोटहरू सक्कली हुन् की नक्कली हुन् भन्ने छुट्याउन नसक्दा र्सवसाधारण ठगिने गरेका छन् । गहिरिएर हर्ेर्ने हो भने जाली नोटका कागज कम गुणस्तरको हुने, नोटमा पानी दलेर हल्का र्घष्ाण गर्दा हातमा रंंग देखापर्ने जस्ता जाली नोट चिन्ने आधारका बारेमा जानकारी भए र्सवसाधारण नठगिने राष्ट्र बैंक वीरगंज शाखाका एक कर्मचारी बताउंछन् । गत दर्ुइ बर्षो तथ्यांक हर्ेदा मात्र राष्ट्र बैंकसम्म अर्ढाई लाखको हाराहारीमा जाली नोटहरू पुगेका छन्। वीरगंजका बैंकहरूबाट संकललित रकमबाट सो नक्कली नोट राष्ट्र बैंकसम्म पुगेेको हो। र्सवसाधारण उपभोक्ताका लागि सम्बन्धित निकायहरूले समयसमयमा जाली नोट पहिचानबारे पर््रदर्शन कार्यक्रम गर्ने तथा प्रहरी प्रशासनले सक्रिय भई जाली नोटको कारोबारमा संलग्नलाई कडा कारवाही गरेको खण्डमा मात्र यसका कारोबारीहरू हतोत्साही हुने राष्ट्र बैंक बताउंछ। प्रहरीको तथ्यांक हर्ेदा पर्सर्ाा्रहरीले जाली नोटको कारोवारमा संलग्न रहेको आशंकामा एकदर्जन भन्दा बढि विरूद्ध कारवाही गरेको देखिन्छ। तर यसको संजाल यति विघ्न दह्रो छ कि प्रहरी कारवाही सम्म परेका अपराधीहरू प्रहरीद्वारा नै मुद्दा कमजोर बनाएर अदालतबाट सहजै छुट्ने गरेका छन्। भारतीय १०००, ५०० र १०० का नोटहरू जाली भेटिए पनि ती मध्ये चलनचल्तीमा रहेको ५ सयको नोट बढि जाली भएको पाइएको छ। कारोबारीहरूले हजार र सयका भन्दा ५ सयका जाली नोटहरू बजारमा छरिएको हुंदा थुप्रै व्यापारीहरूले भारू ५ सयको नोटको कारोबार गर्नै छाडेका छन्। वितेका दिनमा चिनजानका व्यक्तिसंग नोटमा हस्ताक्षर गरेर चलनचल्तीमा ल्याई राखेकाहरूले अहिले जाली नोटको प्रकोप बढेपछि कारोबार गर्नै बन्द गरेका छन्।
जे होस् आर्थिक कारोबारमा जाली नोटको प्रयोगलाई रोक्न समयमै सम्बन्धित निकायले ध्यान नदिएमा यसले नेपाली अर्थतन्त्रलाई धाराशायी बनाउंदै नलग्ला भन्न सकिन्न।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।