Skip to main content

तिहार अघि जुवाडेका चहलपहल

भक्तपुर, २७ असोज। तिहार सुरु हुनै लाग्दा भक्तपुरका चोक चोक र गल्ली
गल्लीमा तास खेलिरहेका मानिसहरुको जमात देख्न थालिएको छ। ब्याँसीको
पर्यटक बसपार्क भित्र पनि तास खेल्नहरु तीन चार समुहमा बिभाजित भएर तास
खेलिरहेको दृष्यले यहाँ पहिलो पाईला टेक्ने बिदेशी पर्यटकहरुमा नकारात्मक
प्रभाब परिरहेको छ। यहाँ रहेको एउटा प्रयोग हुन नसकेको सरकारी भवन भित्र
तास खेल्नेहरुको जमघट हुने गरेको भए पनि, सो भवनको नामवाला भक्तपुर
नगरपालिकाले त्यहाँ बाट जुवाडे हटाउने कुनै पहल शुरु गरेको छैन। पार्क
भित्र प्रबेश गर्ने दुबै गेटमा सधै जसो नै तास खेल्नेहरुको र्घर्ुइचो नै
लाग्ने गर्दछ।
पुरानो ब्याँसी ढोका संगै रहेको एउटा पाटी पनि तास खेल्नेहरुको भेला
हुने स्थान बनेकोे छ। त्यहाँ त झन नगरपालिकाको चेक पोष्टका कर्माचारी
समेतले जुवाडे खेलको दर्शक बनेर मनोरन्जन गरिरहेको हुन्छ। भार्बचोको
हनुमान फल्चा, लाकोलाछे फल्चा, चासखेल फल्चा, माहेश्वरी फल्चा जस्ता बाटो
मै पर्ने पाटी पौवाहरु पनि खुलेआम जुवा खेलिरहदा पनि प्रहरी प्रशाषण मुक
दर्शक मात्र भएर बसेको छ। गोल्मडी दरवार क्षेत्रका पाटीहरुमा पनि तास
खेल्नेहरु लहरै बसेका हुन्छन्।
तास र जुवा खेलको अखडाहरु धार्मिक स्थलहरुमा समेत खुलेआम सञ्चालनमा
रहेका छन। हनुमानघाट, वाकुपति मन्दिर परिसर, ब्रम्हायणी मन्दिर क्षेत्र,
नवदर्ुगा मन्दिरको प्राङगण, महाकाली मन्दिर, भद्रकाली मन्दिर जस्ता
धार्मिक आस्थाको केन्द्रहरुमो समेत जुवाडेहरु बढ्न थालेका छन्। नवदर्ुगा
गणका देवताहरु समेत जुवा खेलेर फर्ुसद बिताउने गर्दछन्।
प्रहरी प्रशाषणका बर्दी लगाएका कर्माचरीहरु भने आफ्नो गोजी भर्नको लागि
मात्र यी क्षेत्रहरुमा छापा मार्ने गरेका छन्। सबैभन्दा दुख लाग्दो कुरा
त भक्तपुर दरवार क्षेत्रमा भनपाको मुख्य चेक पोष्टको अगाडि पट्टीको
मन्दिर पछाडि पनि तास खेल्ने जमात सधै नै जम्मा हुने गर्दछन। यो दृष्यले
ऐतिहासिक तथा साँस्कतिक शहर बनाउने गफ दिने भनपालाई आपनै आँगनमा गिज्याइ
रहदा पनि चाल पाउन सकेको छैन।
जुवाडे बढ्न थाले पछि तमारीको नरसिह मन्दिरमा स्थानीय बासीले तास खेल्न
निषेध गरेको छ। हाल मन्दिर भित्र तास नखेलिए पनि मन्दिर बाहिर खुलेआम तास
खेल्नेहरुको संख्या भने झनै बढेको छ।
यहाँका मानिसहरु अर्धबेरोजगारीको कारण समय काट्नको लागि मात्र जुवा
खेल्ने गरेका हुन। अधिकाँस जुवाडेहरु जग्गा दलालहरुबाट पिडित रहेको
पाईन्छ। आफ्नो जग्गा दलालले खाईदिए पछि काम धन्दा नहुदा यसरी तास खेलेर
उनीहरुले समय बिताउने गरेका हुन। दलालहरु भने दिन दर्ुइ गुणा रात
चौगुणाका दरले धनी बनिरहेका छन। जुवाडेहरु भने निरास भएर भएको सम्पति पनि
रित्याइरहेका छन। यस्तै स्थिति रहेमा भक्तपुरमा धनी र गरीबको दुरी बढ्न
गई बिसंगति बढ्ने निश्चित छ। यसरी जुवा खेलेर दिन काट्नेहरुको घर पनि
जर्ीण्ा भैरहेका छन्। जुवाका कारण नै घरघडेरी गुमाउनेहरु अरुको घरमा डेरा
बस्न थालेका छन्।
यी बाहेक ब्याबसायिक रुपमा घर भित्र पनि लाखौ रुपैयाको जुवाको बाजी
मार्ने गरिएको छ। यहाँ भट्टीहरुमा समेत जुवा खेलाएर बहाल उठाउने गरिन्छ।
यहाँका नेतागणले भक्तपुर सहरलाई बुद्धिजीबीको बस्ती बनाउने कल्पना गरेका
छन्। तर उनीहरुले नागरीकलाई बुद्धिजिबी बनाउने कुनै कार्यक्रम ल्याएका
छैनन्। आन्दोलनको लागि बेरोजगारहरु प्रयोग गर्न सकिने मान्यतालाई आत्मसाथ
गरेर नेताहरुले समाजलाई बुद्धिजिबिकरण गर्ने भने पनि युवाहरुको जुवामोहको
बिरोध नगरेका हुन।
गोलमढी दरवार भन्दा अलि भाथि इनाचोको मुल सडकमा समेत लंगुर बर्ुजा
खेल्नहरु लाइ नपुङसक पुलिसले कारबाही गरेको छैन। तर सिभिल पोशाक मै पुलिस
खेलिरहेका छन्। यदि उनीहरुले हारेमा पुलिस पोशाक लाएका लाइ बोलाएर र
भूइमा राखेको नगद जफट गर्दछन्।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।