Skip to main content

प्रधानमन्त्रीलाई संयन्त्रमा राख्ने कुनै सहमति भएको छैन

काठमाडांै, २ माघ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री माधवकुमार नेपाललाई स्थायी आमन्त्रित सदस्य नभई आवश्यक परेका बेला मात्र बोलाउने सहमति भएको बताएका छन्। 'प्रधानमन्त्रीलाई अस्थायी आमन्त्रित सदस्यका रुपमा राख्न सकिँदैन,' शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा श्रेष्ठले भने- एमालेको एउटा वरिष्ठ नेताका रुपमा र केही कुरा बुझ्नु परेमा मात्र संयन्त्रको बैठकमा बोलाउन सकिन्छ।
    उपाध्यक्ष श्रेष्ठले संयन्त्रमा अरु दललाई पनि क्राइटेरियाका आधारमा  संयन्त्रमा बोलाउन सकिने बताए। उनले संयन्त्रमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा पनि छलफल हुने जानकारी दिए। 'संयन्त्रको उद्देश्य सरकार ढाल्नु होइन,' उनले भने- संयन्त्रको मुख्य काम शान्ति प्रक्रियाको टुङ्गो, संविधान निर्माण र राजनीतिक गतिरोधको अन्त्य गर्नु हो। उनले संयन्त्रको विरोध गर्नेहरु शान्ति र संविधानविरोधी भएको आरोप लगाए।
    रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा श्रेष्ठले माओवादीले आन्दोलन र वार्तासँग सँगै लगेकाले माघ १० गतेदेखि गर्ने भनिएको अनिश्चितकालीन आम हडताल फिर्ता नलिने बताए।
    माओवादीका उपाध्यक्ष श्रेष्ठलेे भारत सरकारसँग माओवादीले कूटनीतिक सम्बन्ध विस्तार गर्न चाहेको बताए। उनले अब १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको आवश्यकता नभएको बताए। '१९५० को सन्धि अब पुनरावलोकन होइन, खारेज गर्नुपर्छ,' श्रेष्ठले भने, 'नयाँ सन्धि गर्नुहुन्न भन्ने हाम्रो मान्यता होइन तर १९५० को सन्धि आवश्यक छैन, हामीसँग नयाँ सन्धिको खाका छ। आवश्यक परे हामी दिन तयार छांै।
    कार्यक्रममा माओवादी उपाध्यक्ष श्रेष्ठले समानताका आधारमा भारतसँग सम्बन्ध राख्ने बताए। भारतले कालापानीमा भएको भारतीय सेना हटाउनुपर्ने, सीमा अतिक्रमण बन्द गर्नुपर्ने, आन्तरिक मामिलामा हस्तक्षेप रोक्नुपर्ने, हामी भारतीय विदेशमन्त्रीसँग यसै विषयमा भारतीय विदेशमन्त्री एसएम कृष्णासँग प्याकेजमा डिल गर्ने श्रेष्ठले बताए।
    उनले भारतको निगाहमा कुनै पनि सरकार नबनाउने बताए। 'भारतको निगाहमा माओवादी कहिल्यै सरकारमा जाँदैन, हामी आन्तरिक समस्यामा भारतलाई गुहार्दा पनि गुहार्दैनौं,' उनले भने- नेपालको आन्तरिक मामिलामा भारतसँग कुरा राख्नुको कुनै औचित्य छैन। अब दलहरु बसेर समाधान खोजिनर्ुपर्छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।