ज्ञानेन्द्र शर्मा
दाङ, २ माघ। विद्यालयमा शिक्षक नहुँदा दाङको एक विद्यालय गत भदौ महिनादेखि बन्द भएको छ। नेपाल-भारत सीमा क्षेत्रमा रहेको बेला गाविसस्थित प्रावि पटौली नाकाको शाखा विद्यालयको रूपमा रहेको जनता प्राथमिक विद्यालय बन्द हुँदा त्यहाँ अध्ययनरत ४५ जना भन्दा बढी बिद्यार्थी पढाइ छोड्न बाध्य भएका छन्। गाउँमा एउटा मात्र विद्यालय भएको र अर्को विद्यालयमा पुग्न झण्डै पाँच घण्टा टाढा हिंड्नुपर्ने भएकोले बालबालिकाले पढाइ छोड्नुपरेको बिद्यार्थीहरुले बताएका छन्। स्थानीयवासी धनबहादुर रोकाका अनुसार कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा शिक्षक हरिनारायण चौधरीले तलब नपाएपछि गत भदौ महिनादेखि पढाउन छोड्नुभएको छ। २०६३ देखि एएफसी संस्थाले विद्यालयलाई मासिक दर्ुइ हजारको दरले तलब दिएको थियो। तर, गत भदौ महिनादेखि कार्यक्रम सकिएको भन्दै संस्थाले तलब दिन छोडेपछि शिक्षक चौधरीले पढाउन छोड्नुभएको बुझिएको छ।२०४० सालमा स्थानीयवासीको आफ्नै पहलमा स्थापना गरिएको उक्त विद्यालयले अहिलेसम्म सरकारी मान्यता नपाएको दाङबाट निमुसंगम र्घर्तिले बताउनु भयो।

Comments
Post a Comment