ज्ञानेन्द्र शर्मा रोल्पा, १ माघ। विद्यालयमा शिक्षक नहुँदा दाङको नेपाल-भारत सीमा क्षेत्रको एक विद्यालय गत भाद्रदेखि बन्द भएको छ। शिक्षक नभएपछि बेला गाविसस्थित प्रावि पटौलीनाकाको शाखा विद्यालयको रुपमा गुरुङ नाकामा रहेको जनता प्राथमिक विद्यालय बन्द भएको हो।
स्थानीयबासी धनबहादुर रोकाले दिएको जानकारीअनुसार विद्यालयका शिक्षक हरिनारायण चौधरीले तलब नपाएपछि गत भाद्रदेखि पढाउन छोडेका हुन्।
०६३ सालदेखि एएफसी नामक संस्थाले मासिक दर्ुइ हजारको दरले तलब दिएपछि शिक्षक हरिनारायण चौधरीले पढाउँदै आएका थिए। तर, गत भाद्रदेखि कार्यक्रम सकिएको भन्दै संस्थाले तलब दिन छोडेपछि शिक्षक चौधरीले पनि पढाउन छोडिसकेका छन्।
कक्षा ३ सम्म सञ्चालित विद्यालय बन्द भएपछि त्यहाँ पढ्ने ४०/४५ जना बालबालिकाले पर्ढाई छोड्न बाध्य भएका छन्। गाउँमा एउटामात्र विद्यालय भएको र अर्को विद्यालय पुग्न झण्डै चार/पाँच घण्टा टाढा हिड्नुपर्ने भएकोले बालबालिकाले पर्ढाई छोड्नुपरेको हो।
०४० सालमा स्थानीयबासीको आप\mनै पहलमा स्थापना गरेको उक्त विद्यालयले अहिलेसम्म सरकारी मान्यता पाएको छैन। शुरुमा स्थानीयबासीले रकम उठाएर मासिक दर्ुइसयमा एकजना शिक्षक राखेका थिए।
पछि ०५८ देखि ०६१ सम्म माओवादीको पहलमा निःशुल्करुपमा पढाउने व्यवस्था मिलाइदिएको स्थानीय कुमार रोकाले बताउनुभयो। विद्यालय बन्द भएपछि गुरुङनाकाका बालबालिका अविभावकसँगै घाँसदाउरा र खेतीपातीमा समय बिताउन थालेका छन्।
गुरुङनाकाबाट नजिकको विद्यालय जान जंगलको बाटो कि त ३ घण्टा हिडेर कोइलाबास आउनुपर्ने कि त ४ घण्टा हिडेर पटौलीनाका पुग्नुपर्ने बाध्यता रहेको स्थानीय जेबी बुढाले बताउनुभयो।
यता जिल्ला शिक्षा कार्यालय दाङले सरकारी मान्यता नपाएका कुनै पनि विद्यालयमा दरबन्दी दिन नमिल्ने जनाएको छ। विद्यालयको मान्यता पाउन स्थानीयबासीले १५ हजार धरौटी बुझाउनुपर्ने कानूनी प्रक्रिया भएको र गुरुङनाकाबासीले सो रकम जम्मा गर्न नसकेपछि अहिलेसम्म सरकारले त्यहाँ विद्यालय स्थापना गर्न मान्यता दिएको छैन।
पश्चिम दाङमा पनि उस्तै समस्या
गाउँमै निम्न माध्यमिक स्तरको विद्यालय नभएपछि पश्चिम दाङको एक गाउँका बालबालिका पर्ढाई छोड्न बाध्य भएका छन्। पुरन्धारा गाविस-८ जौबारीका बालवालिका गाउँमा निम्न माध्यमिक तहको विद्यालय नभएका कारण कक्षा ५ पास गरेर विद्यालय छोड्न बाध्य भएका हुन्।
जौवारीमा प्राथमिक तहको एक मात्र विद्यालय रहेको छ। स्थानीय मोतीलाल विकका अनुसार निमावि पढ्नका लागि जंगलको बाटो पाँच घन्टाको पैदल हिड्नर्ुपर्दछ। जसका कारण बालबालिकाहरु प्राथमिक तहभन्दा माथिल्लो कक्षाको पर्ढाईबाट वञ्चित भएका छन्।
करीब तीन सय घरपरिवार रहेको सो गाउँमा आर्थिक स्थिति न्युन भएका दलित तथा जनजातिको बसोवास रहेको बताइएको छ।
आर्थिक अभावका कारण गाउँभन्दा टाढा डेरा गरेर पढाउन नसकिएकोले छोराछारीको पर्ढाई बीचैमा छुटाउन बाध्य भएको अविभावक गुमानसिंह विकले बताए।
गाउँमा विद्यालय नभएका कारण बालबालिकाहरुले बीचमै पर्ढाई छाडेपनि प्राविको स्तरवृद्धिका लागि कुनै पनि पहल नगरिएको स्थानीयबासीको भनाई छ। स्थानीय बुद्धिराम विकका अनुसार अहिलेसम्म सो गाउँबाट कसैले पनि एसएलसी उतर्ीण्ा गरेका छैनन्।

Comments
Post a Comment