बीरगंज, २ माघ । पर्साको अलौ गाबिसमा नवनिर्मित वीरगंज एकीकृत जा“च चौकीको शिलान्यास कार्यक्रम भारतीय विदेशमन्त्री एसएम कृष्णा नआएपछि रद्द भएको छ।
आज भौतीक योजना तथा निर्माण मन्त्रालयका सचिव दिप बस्नेतले मौसमको प्रतिकूलताको कारण त्रिभुवन विमानस्थलबाट कुनै उडान नभएपछि भारतिय बिदेशमन्त्री कृष्णा वीरगंज आउन नसकेको जानकारी गराएका हुन्। नेपालको करिव ७१ हेक्टर भूभागमा भारत सरकारको २ सय करोड रुपैयाको लागतमा अत्याधुनिक प्रविधि जडान भएको बीरगंज एकीकृत जांच चौकीको १४ महिनाभित्र निर्माण हुने बस्नेतले बताए। यसबाट नेपालका उद्योगी ब्यापारीहरुले स्थानको अभावमा तिर्दै आएको विलम्ब शुल्कबाट मुक्ति पाउने र समयको बचत हुने छ। सचिव बस्नेतले क्षमायाचना गर्दै कागजमा अलौ लेखेर ब्यानर र शिलास्तम्भमा टासेपछि मात्रै गाउलेले कार्यक्रम संचालन गर्न दिएका थिए। कार्यक्रम स्थल वरपर सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो। तस्बिर- उत्तम खडगी

Comments
Post a Comment