आजको दिन बिहानै नुहाई धुवाईगरी सफा लुगा लगाएर इदगाह मस्जिद वा खुला मैदानमा भेलाभइ नमाज पढेर सामुहिक रूपमा पर््रार्थना गर्ने प्रचलन रहेको छ।
पर््रार्थनापछि आफन्त वा एकअर्कासँग हातेमालो गरेर इद उल अजहाको बधाई तथा शुभकामना आदानप्रदान गर्ने चलन छ।
काठमाडौँको घण्टाघरमा रहेको जामे मस्जिदमा पनि मुस्लिम धर्मालम्बीहरूले नमाज पढेर बकरइद मनाइरहेका छन्।
यो पर्वको अवसरमा मुस्लिम समुदायका मानिसहरूले आफन्तजनहरूसँग बसेर मिठो खाने र दुखसुख बाड्ने गर्छन्।
Comments
Post a Comment