Skip to main content

साल्ट टे्रडिङ कर्पोरेशनद्वारा उपभोक्तामाथि चरम शोषण

वीरगंज, १५ माघ। साल्ट टे्रडिङ कर्पोरेशनले भारतको रक्सौल डिलेभरी मूल्य
भारु २ रुपैयां ३० पैसा प्रतिकेजीमा खरिद गरी नेपाली उपभोक्ताहरुलाई
आयोडिन नून १५ रुपैयांमा बिक्री गरी चरम शोषण गरिरहेको छ।
भारतको एक कम्पनीसंग उल्लेखित मूल्यमा रक्सौल डिलेभरी लिने शर्त
सम्झौताअनुरुप खरिद गरिरहेको सो नून प्याकिङ तयारी अवस्थामै आउने गरेपनि
साल्ट टे्रडिङले ढुवानी खर्च बढेको नाममा १४ रुपैयां मूल्य कायम गरेको
बताइंदैछ ।
भरपर्दो स्रोतका अनुसार वाणिज्य तथा आपर्ूर्तिमन्त्रीले करिब ९ करोड रकम
साल्ट टे्रडिङबाट कमिशन लिएको आधारमा आयोडिन नूनको मूल्य बढाइएको सोही
कर्पोरेशनका नाम र्सार्वजनिक गर्न नचाहने एक कर्मचारीले जनाएका छन्।
यसरी उपभोक्ताहरुमाथि महंगीको भार थोपरिरहेको अवस्थामा आपर्ूर्ति
मन्त्रालय चुप लागेर बस्नु पनि सो कुराले आंशिक पुष्टि पारेको पाइन्छ ।
साल्ट टे्रडिङ एवं नेशनल टे्रडिङ मार्फ मात्रै आयात गर्न सक्ने अवस्था
एवं निजी कम्पनीहरुलाई लाइसेन्स नदिनुले पनि सो नूनको मूल्यले आकाश छोएको
केही व्यापारी स्रोतको दाबी छ।
एक स्रोतका अनुसार वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले हालै
आफ्नो दुनो सोझ्याउन नेपाल सरकारबाट रिटायर्ट भएका ७० वर्षीय लक्ष्मण
अग्रवाललाई महानिर्देशक पदमा राजनीतिक बहाली गरी आमउपभोक्ताहरुको हित
विपरित मूल्य कायम गर्न लगाएको बताइंदैछ।
नेपाल सरकारको सहयोग अर्न्तर्गत नेपाली उपभोक्ताहरुको लागि मगाइने गरेको
आयो नूनको प्याकेटमा खुद्रा मूल्य ११ रुपैयां, प्रयोग अवधि २ वर्ष
प्याकिङ मिति ११/२००९ लेखिएको भए तापनि साल्ट टे्रडिङले आप\mना
डिलरहरुमार्फ खुद्रा विक्रेताहरुलाई प्रतिकेजी १४ रुपैयांका दरले बिक्री
गर्ने गरेको र सोको कुनै प्यान बिल नदिने गरेको खुद्रा विक्रेताहरुको
भनाई छ।
करिब ६ महिनासम्म पुग्ने आयोडिन नून आयात गरेको साल्ट टे्रडिङको गोदाममा
व्यवस्थितरुपमा आयो नून नराखिएबाट यात्र-तत्र छरिने गरेका नूनहरुलाई पुनः
प्याकिङ गर्ने गरेको अवस्थामा उपभोक्ताहरुले आयोडिनको मात्रा कम भएका
नूनहरु प्रयोग गर्न बाध्य रहेका छन्।
यसरी लामो अवधिसम्म खुल्लारुपमा छरिएर रहने गरेको नून पुनः प्याकिङ गरी
बजारमा बिक्रीका लागि पठाउंदा उक्त नूनमा आयोडिनको मात्रा कम हुनसक्ने
विज्ञहरुको भनाई छ।
महंगो मूल्यमा अधिकृत विक्रेताहरुमार्फ खरिद गरेको नून बजारमा १५-१६ र
१७ रुपैयांको दरले आमउपभोक्ताहरुलाई पसलेहरुले बिक्री गरिरहेको समेत
पाइएको छ। नेपाली उपभोक्ताहरुको अगुवाई गर्ने नागरिक सर्वोच्चताको बात
हांक्ने राजनीतिक पार्टर्ीीले नागरिक सरोकारका यस्ता विषयमा कुनै आवाज
नउठाउनु आर्श्चर्य मानिन थालिएको छ। समाजमा रहेका नागरिक हकहितका बारेमा
अगुवाई गर्ने नागरिक समाज जस्ता संस्थाहरुले समेत साल्ट टे्रडिङको
शोषणप्रति आवाज नउठाउनुले उपभोक्तावर्ग दिनप्रतिदिन ठगिन बाध्य भएको
बुद्धिजीवीहरुको भनाई छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।