Skip to main content

बिद्यार्थी र शिक्षक मिलेर सडक निर्माण गरे

ज्ञानेन्द्र शर्मा
रोल्पा, १५ माघ ।
रोल्पाको राकँ गाविस वडा नं १ मा अवस्थित बुद्धि बिकाश निम्न माध्यामिक
बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको सयुक्त पहलमा आज २ किलोमिटर सडक
निर्माण कार्य सम्पन्न गरेका छन् ।
बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको सहभागिता र स्थानियवासीको
जनश्रमदानबाट निर्माण भएको सो सडक निर्माण कार्य सम्पन्न हुदाँसम्म करिब
५० हजार लगानी गरिएको छ ।
सडक नि.मा.बि. रातामाता राकँदेखी पाखापानीको लमाछेरा सम्म रहेको छ । सडक
निर्माण पश्चात दलसिङ्गे, लामामेला, खारा, जिवाङ लगायतका स्थानबाट त्यस
बिद्यालयमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलार्य आवात जावतमा सहज हुने
बिद्यार्थीहरु बताउछन् ।
पश्चिम रोल्पाको बिकट गाबिस राकँ र त्यस आसपासका गाबिसहरुबाट पठन पाठन
गर्न आउने बिद्यार्थीहरुको लागि दैनिक बिद्यालय आवात जावत गर्न बाधा
भएपछि बिद्यार्थीहरु र शिक्षकहरु मिलेर बाटो निर्माणका लागि सयुक्त
जनश्रमदान गरेको उनीहरु बताउछन ।

जीबन सक्षम पुनरताजिगी तालिम

रोल्पा, १५ माघ । महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको लागि जीबन सक्षम
पुनरताजिगी तालिम आजदेखी रोल्पाको जंकोट जंकोट गाविसमा सुरु भएको छ ।
तालिममा बिशेषगरी गर्भ अबस्थामा सुत्केरीको अबस्था र प्रसुती अबस्था,
स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा दिनका लागि तालिमको आयोजना गरिएको
जंकोट हेल्थपोष्टकार् इन्चार्ज किशोर शाहले बताउनु भयो ।
तालिममा लिवाङ हेल्थपोष्टका निमिर्त्तर् इन्चार्ज जीत कुमार शर्मा र
जंकोट हेल्थपोष्टका राम कुमारी के.सी को पनि उपस्थिती रहेको छ । तालिमको
सहजीकरण लिवाङ हेल्थपोष्टका जीत कुमार शर्मा, जंकोट हेल्थपोष्टका किशोर
शाह र राम कुमारी के.सीले गर्नु भएको छ ।
भोली सम्म संचालन हुने तालिममा ९ जना महिला स्वास्थ्य स्वयम्
सेविकाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ताला खुल्यो

रोल्पा, १५ माघ । एस.एल.सी परिक्षा केन्द्र सारिएको बारेमा माबि तालाबाङ
रोल्पाको कक्षा १० का बिद्यार्थीहरुले गरेको तालाबन्दी आजदेखी खुलेको छ ।
स्रोत व्यक्ति कबिराज रिजाल, माबि तालाबाङका शिक्षकहरु, बिद्यालय
व्यवस्थापन समिती र बिद्यार्थी अभिभावक समझदारीमा बिद्यालयको तालाखोली
आजदेखी पठन पाठन सुचारु गरिएको छ ।
दर्ता तथा नबिकरण कार्य आजदेखी सुरु व्यापारीहरुको हक र हितको लागि
रोल्पा उद्योग बाणिज्य संघद्वारा पसल दर्ता तथा नबिकरण कार्य आजदेखी सुरु
गरिएको छ ।
रोल्पा बाणिज्य संघका उपाध्यक्ष सनत कुमार श्रेष्ठ, कोषाध्यक्ष शिब
प्रसाद आर्चाय, सदस्य बिष्णु कुमार चन्द सहित ५ जनाको टोलीले र्घर्तिगाउँ
बजारदेखी दर्ता तथा नबिकरण कार्य सुरु गर्दै जिनाबाङ, तालाबाङ, पाछाबाङ,
इरिबाङ, बागमारा बजारका पसलहरु दर्ता तथा नबिकरण कार्य सम्पन्न गरेको छ ।
जस अर्न्तगत पहिले दर्ता भई नबिकरण नभएका पसलहरुलाई नबिकरण गरिएको छ ।
जसमा २३ वटा पसलहरु रहेका छन् । ति मध्ये हाल दर्ता भएका ७६ पसलहरु दर्ता
तथा नबिकरण भएको छ ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।