वीरगंज, १५ माघ । अज्ञात लुटेरा समुहले एक ट्रक चालकलाइ लुटपाट गरेका
छन्। काठमाण्डौबाट बीरगंज तर्फजादै गरेको ना.२ख ९०२९ नं.को ट्रकमा चढेका
लुटेराहरुले आज मकवानपुरको मनहरि नजिकै लुटपाट गरी चालक र खलासीलाइ
बांधेर राखेपछि चालक उम्किएर प्रहरीको शरणमा पुगेका थिए।
भण्डाराबाट मनहरी जान भनी ६/७ जना अपरिचित मानिसहरुले ट्रक नियन्त्रणमा
लिनुको साथै चालक संग रहेको नगद रु.३ हजार र २ थान मोवाईल समेत लुटी
लगेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले खोलाको बगरमा बेवारीसे
अवस्थामा ट्रक फेला पारेका थिए।

Comments
Post a Comment