Skip to main content

माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गरिछाड्छौं-प्रकाश

काठमाडौं, कात्तिक ११। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो दलको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राष्ट्रिय संयुक्त सरकार गठनलाई पनि उद्देश्य बनाएर संर्घष्ामा जाने निर्याण् गरिएको बताए।
'जनआन्दोलनको लक्ष्य पूरा गर्न माओवादी नेतृत्वको सरकार अनिवार्य छ,' प्रकाशले भने,र्'वर्तमान सरकार नागरिक सर्वोच्चतालाई कुल्चेर निर्माण भएकाले यसको विस्थापन अनिवार्य छ।' आफूहरु सहमतिका लागि हदैसम्म लचिलो हुदाहुदै नेपाली कांग्रेस र नेकपा एमाले जिम्मेवारी नबन्दा आन्दोलन अगाडि बढाउन वाध्य भएको बताए। आन्दोलनले मुलुकमा उथलपुथल ल्याउने दाबी गरे। वर्तमान सरकार कुनै हालतमा टिक्न नसक्ने दाबी गर्दै सहमतिका साथ विस्थापितको बाटो खोज्न आग्रह गरे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताए। अझै चार दिन बाँकी भएकाले झीनो आशा रहेको बताए। उनले भने,'हामी सहमति बनोस् भनेर लागेका छौं।' नागरिक सर्वोच्चता प्राथमिक मुद्या भएको र त्यसका लागि सरकार परिवर्तन अनिवार्य भएको बताए। आफूहरुले बनाएको प्याकेजको सहमतिको मस्यौदामा नागरिक सर्वोच्चताको सम्बोधन र माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको संयुक्त सरकार दुवै रहेको उल्लेख गरे। राष्ट्रपति डा.रामवरण यादवको सेनापति थमौतीको कदम गलत हो भन्दै त्यसको विषयमा छलफलका लागि आग्रह गर्दा गर्दै बेवास्ता गर्दै अहिलेको अवस्था आइपरेको बताए।
सरकार परिवर्तनका लागि मात्र आन्दोलनमा जान लागेको भन्नु गलत भएको बताए। सरकार ढाल्न सदनमा बहमुत पुर्‍याए भइहाल्छ नि भन्ने प्र्र्र्रश्नमा उनले भने,'सरकार कसरी ढाल्ने हामीलाई थाहा छ, आन्दोलन सरकार परिवर्तनका लागि मात्र होइन नागरिक सर्वोच्चता कायम गर्न पनि हो।' सरकार ढाल्न मात्र आन्दोलन थालेको भन्ने नबुझ्न आग्रह गरे।
माओवादीको प्राथमिकता शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनु रहेको बताए। शान्तिका लागि वार्ता र सहमतिबाट अगाडि बढ्ने ढोका नथुनेको बताए। देशी विदेशीबाट प्रतिक्रान्तिको षड्यन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बताए। षड्यन्त्रलाई बुझेर सहमतिका लागि हदै लचिलो हुदापनि बेवास्ता भएको बताए।
आन्दोलनका क्रममा अन्य दलका नेता कार्यकर्तामाथि आक्रमण गरेकोबारे सोधिएको प्रश्नमा घुसपैठीहरुले भड्काउने र द्वन्द्व चर्काउनको काम गरेको बताए। कांग्रेस नेता शेरबहादुर देउवामाथि आक्रमण गरिएकोबारे सोधिएको प्रश्नमा उनले भने,'आक्रमण पार्टीको नीतिविपरित हो, कांग्रेसका तर्फाट हाम्रा साथीहरुमाथि आक्रमण भएपछि ढुंगामुढा भएको हो।' घटनामा एकपक्षीय ढंगबाट माओवादीमाथि आरोप लगाउने काम भएको भन्दै देउवामाथिको आक्रमणप्रति दुःख व्यक्त गरे।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले दलहरु सहमतिका साथ संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए। देशलाई स्थायित्व दिन संविधान निर्माण गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनुपर्ने भन्दै जिम्मेवार हुन आग्रह गरे।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।