Skip to main content

गोरखधन्दा गरेको आशंकामा भारतीय डाक्टर दास पक्राउ

वीरगंज, ११ कार्तिक। नेपाल सेवाश्रम संघ अशोकवाटिका वीरगंजका संचालक
भारत, कलकत्ता पश्चिम बंगाल निवासी ४५ वषर्ीय होमियोपेथिक डाक्टर एस.के.
दास -शान्तिकुमार दास) अहिले पर्सा प्रहरीको हिरासतमा छन्।
उनलाई पर्सा प्रहरीले नेपाल सेवाश्रम संघ अशोकवाटिका वीरगंजमा रहेका ११
जना बालकहरूलाई मानसिक, शारिरीक यातनाका साथै यौन शोषण गरेको र ती सवै ११
जना बालकहरू आइतवारदेखि सो संघबाट बेपत्ता पारिएको समाचार र्सार्वजनिक भए
लगत्तै सोमवार राति अनुसन्धानको क्रममा हिरासतमा लिइएको छ।
डा. दासको पृष्ठभूमि हर्ेदा उनी एउटा अविवाहित पुरूष हुन्। १२ वर्ष अघि
होमियोपैथिक डाक्टर बने तापनि उनले अहिलेसम्म कुनै पनि क्लिनिक संचालन
गरेका छैनन् र डाक्टर भइसकेपछि दासले सामाजिक कार्य गर्ने उद्देश्यले
नेपाल सेवाश्रम संघ केन्द्रीय कार्यालय काठमाडौंमार्फ सेवा गर्दै आइरहेका
छन्।
सेवाश्रमका केन्द्रीय संचालक स्वामी संजयजी महाराजको आदेशमा विगत १८
महिनादेखि वीरगंजमा सेवारत डा. दास लगायत नेपाल सेवाश्रम संघ वीरगंजको
कार्यसमितिमा कतिजना सदस्य छन् सो समेत थाहा नभएको बताउने संचालक डा.
दासले आदर्शनगर निवासी डी. के. बनर्जी र डा. विश्वम्भर शर्मा भने सोही
समितिमा रहेको बताएका छन्। सेवाश्रम संघमा ११ जना बालकहरूमध्ये बुटवलबाट
एकजना, पर्साको सिर्सियाबाट दुइजना, छपकैयाबाट २ जना, धनकुटाबाट २,
बाराबाट १ जना बस्दै आएकोमा सबैको उमेर १२ देखि १४ वर्षम्म रहेको बताइएको
छ। ती मध्ये ७ जना बालकहरु आदर्शनगरस्थित पशुपति शिक्ष्ँा मन्दिरमा
अध्यापन गरिरहेका छन्। अहिले बेपत्ता पारिएको आशंका गरिएका सम्पर्ूण्ा
बालकहरू संघमा छैनन् । संचालक दासले सबै बालकहरूलाई अभिभावकहरूको जिम्मा
लगाइएको बताएका छन्।
गरिब, अनाथ बालकहरूलाई राम्रो शिक्ष्ँा दिएर भविष्य उज्जवल बनाउने
उद्देश्य रहेको सो सेवाश्रम संघमा बालकहरूको पठनपाठन, खाना, स्कूलको
किताब, कापि, कलम, पोशाक सम्पर्ूण्ा संघले बेहोर्दैर् आएको बताइन्छ ।
भरत साहको घरमा रहेको सो संघका मुख्य संचालक स्वामी संजयजी महाराज भनिए
तापनि सो व्यक्ति को हुन् - डा. दासलाई समेत जानकारी नभएको बताएका छन्।
डा. दासका अनुसार आफूले निस्वार्थ भावनाले निशुल्क सो सेवाश्रममा सेवा
गर्दै आइरहेको बताए।
काठमाडौंमा यस सेवाश्रम संघको आप\mनै बोर्डिङ स्कूल छ। सो सेवाश्रम
संघबाट बालबालिका बेपत्ता पारिएको घटनाले सनसनी फैलाएपछि मंगलवार बिहान
पर्सा प्रहरीले डा. दासलाई पक्राउ गरी अनुसन्धानको क्रममा सो सेवाश्रममा
पुगी खोजतलास गर्दा एक कार्टर्ुुा होमियोपैथिक औषधि, विभिन्न कागजपत्र,
डाक्टरहरूको परिचयपत्र लगायतका सामानहरु आप\mनो कब्जामा लिएको छ।
सो प्रकरण र्सार्वजनिक भएपश्चात वीरगंज टुडेले अनुसन्धानका क्रममा
स्थानीय एक छिमेकीसंग सोधपुछ गर्दा डा. एसके दास राम्रो चरित्रको व्यक्ति
भएको कारण उनलाई फसाउने षडयन्त्र भइरहेको बताएका छन् भने बेपत्ता पारिएका
भनिएको बालक दिपेश र रुपेशका अभिभावक छपकैया निवासी पम्फा खत्रीलाई
९८४५१८५०८५ फोन गरी बुझ्दा डा. दासले आइतवार दुवै बालकलाई आप\mनो जिम्मा
लगाएको बताउनुभयो।
यौन शोषण, किडनी तस्करी, शारीरिक, मानसिक यातना दिइने गरिएको आरोपमा
पक्राउ परेका भारतीय नागरिक डा. दाससंग घटनाको सम्बन्ध अन्य थप जानकारी
पर्सा प्रहरीले लिइरहेको जानकारी हुन आएको छ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।