Skip to main content

भारतको कारण बारा, पर्सा, रौतहटका कृषक सिंचाइबाट वञ्चित

वीरगंज, ३ साउन । ४ डिसेम्बर १९५९ मा नेपाल-भारत बीच भएको गण्डक संझौता अनुरूप नारायणी नदीको सम्पूणर्ण पानी भारतले कब्जामा लिइ नेपालको तराइको बारा, पर्सा र रौतहटका कृषकहरूको खेतमा सिंचाइका लागि छोड्ने भनिएको ८५० क्यूसेक पानी यसपालिको यस डरलाग्दो खडेरीका बेलामा पनि नछाडेर भारत सरकार, गण्डक प्रोजेक्ट, दोन नहर डिभिजनले ठूलो अपराध गरेको छ।
बाल्मिकी नगरबाट सुरू भएको गण्डक प्रोजक्टको दोन नहरको क्षमता २५०० क्यूसेकको छ। ९२ किमी लामो दोन शाखा नहरको अन्तिम विन्दूबाट नेपाल पर्ूर्वी नहर -गण्डक नहर) मा ८५० क्यूसेक -२४.१ क्यूमेक) पानी बारा, पर्सा र रौतहटको ३७,४०० हेक्टर कमाण्ड क्षेत्रमा सिंचाइका लागि छाड्नुपर्ने सम्झौता भएको हो। हाल दोन नहरमा १२०० क्यूसेक पानी छाडेको र सो पानी पनि भारतीय कृषकहरूले नेपालको तराइको भूभागमा आउनै नसक्ने गरी नहर बन्द गरी आ-आफनो खेतमा सिंचाइ गरिरहेका छन्।
नेपाललाई भारतले दिनुपर्ने ८५० क्यूसेक पानीमध्ये २५० क्यूसेक पानी मात्र केही हप्ताअघि छाडेकोमा सो पानी पनि एकाएक भारतीय कृषकहरूले रोकेबाट नेपालको नारायणी सिंचाइ व्यवस्थापन डिभिजन ५ अर्न्तर्गत रहेको गण्डक नहरमा पानी सुकेर कमिला हिंड्न सुरू भएपछि विवाद सुल्झाउन नेपाल र भारतका सिंचाइ कार्यालयका कर्मचारीबीच वार्ता भएको थियो। वार्ताबाट भएको सहमतिलाई भारतीय पक्षले पालना गरेको छैन। भारतीय पक्षले दोन नहरको मरम्मत सम्भार नभएकोले क्षमता अनुसारको पानी छोड्न नसकिने र नेपाललाई सम्झौता अनुरूपको पानी नहरबाट उपलब्ध गराउन नसक्ने ठाडो जवाफ दिएको छ।
दोन नहर डिभिजन रामनगर, बिहारका एक्जुकेटिभ इन्जिनियर वि.एन. झाले यस वषर्ातको सिजनमा मुस्किलले नेपाललाई बढीमा ४५० क्यूसेक भन्दा बढी पानी छाड्न नसकिने मौखिक जवाफ दिएका छन्। नारायणी सिंचाइ व्यवस्थापन डिभिजन नं. ५ का निमित्त डिभिजन प्रमुख सीताराम यादवले जिरो आर.डि.मा बिहार इनरूवाका स्थानीय जनताहरूले दोन नहरबाट नेपालतर्फ आइरहेको पानी रोकेर आ-आफनो खेतमा प्रयोग गरेपछि सोको तत्काल जानकारी सिंचाइ विभागलाई गराएको र सिंचाइ विभागले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फ गण्डक प्रोजेक्टसंग वस्तुस्थिति बुझेपछि दुइ पक्षबीच वार्ता भएको तर २५० क्यूसेक पानी मात्र अहिले गण्डक नहरमा छाडिएको र सो पानी पनि वीरगंजसम्म आइनपुगेको बताउनुभयो।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका एक जिम्मेवार कर्मचारीले डिभिजन प्रमुख सीताराम यादवलाई गण्डक नहरको सिंचाइ पानीबारे जथाभावी प्रतिक्रिया नदिन दबाब दिइरहेको जानकारी हुन आएको छ। नारायणी सिंचाइ व्यवस्थापन डिभिजन प्रमुख यादवले स्थानीय एफएम रेडियो र समाचारपत्रका संचारकर्मीहरूलाई गण्डक नहरमा भारतको दोन नहरबाट छाडिएको पानीको वर्तमान अवस्थाका बारेमा यथार्थ जानकारी गराएका र भारतीय पक्षले नेपाली कृषकहरूलाई मर्माहित पुर्‍याएकोमा बारा, पर्सा र रौतहटका कृषकहरू भारतविरूद्ध आक्रोशित बन्दै गइरहेका छन्। भारतले जुनसुकै हालतमा सम्झौता अनुरूपको ८५० क्यूसेक पानी नेपाल पर्ूर्वी नहरमा छाड्नु पर्दछ नत्र भने नेपाली कृषकमाथि जघन्य अपराध गरेको र संझौता उल्लघंन गरेको ठहरिनेछ। सिंचाइ सुविधाबाट वंचित हुनुपरेका बारा, पर्सा र रौतहटका सम्पूणर्ण कृषकहरू वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको मूल गेट अगाडि भेला भइ धर्ना नदिएसम्म नेपालको पानीको अधिकार सुनिश्चित नहुने नाम उल्लेख नगर्ने शर्तमा एक सरकारी कर्मचारीले बताएका छन्।
चार डिसेम्बर १९५९ मा नेपाल-भारत बीच गण्डक सम्झौता भएपछि विश्व बैंकको ऋण सहयोगमा नेपालले नारायणी सिंचाइ योजना अर्न्तर्गत ८५० क्यूसेक पानी क्षमताको ८१ किमी लामो मूल नहर निर्माण गरी बारा, पर्सा र रौतहटका गण्डक नहर दक्षण्िाको ३७, ४०० हेक्टर कमाण्ड क्षेत्रमा सिंचाइ प्रणाली पुर्‍याउने लक्ष्य र उद्येश्य लिएको थियो। नेपालले मूल नहर निर्माण गरेदेखि आजका मितिसम्म संझौता बमोजिम ८५० क्यूसेक पानी पाउने नेपालको अधिकार कायम हनु सकेको छैन। सिंचाइको स्रोतले मूल नहरमा पर्ूण्ा क्षमताको संझौता बमोजिमको पानी गण्डक प्रोजेक्टले छोडेको रर्ेकर्ड नै छैन। नारायणी नदीमाथि ब्यारेज -ड्याम) बनाएर सम्पूणर्ण नेपालको नारायणी नदीको पानी भारतले आफनो भूभाग सिंचित गर्न उपयोग गरेको तर नेपाललाई संझौता बमोजिमको पानी कहिल्यै उपलब्ध नगराइ नेपालमाथि ठूलो अन्याय, अत्याचार गर्दै आइरहेको प्रमाणित हुंदा पनि नेपाल सरकारले ठोस आवाज हिजो उठाउन सकेन भने आजको कठपुतली सरकारले नेपाली कृषकहरूको स्वार्थ र राष्ट्रिय स्वार्थलाई सर्वोपरी मानेर भारतको अर्घर्ेेे र ज्यादतिका विरूद्ध सशक्त आवाज उठाइ आप\mनो पानीको अधिकार सुनिश्चित गरी बारा, पर्सा र रौतहटका कमाण्ड क्षेत्रमा जनताहरूलाई यस खडेरीमा राहत पुर्‍याउन पहल गर्ला भनेर विश्वास लिने कुनै ठाउं छैन। उल्टै र मर्काको कुरा उठाउंदा सिंचाइका कर्मचारीलाई दोन नहरमा पानी छाडे, नछाडेको बारेमा कुनै टिप्पणी नगर्न भनि वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कर्मचारीले धम्काएको, अनुचित दबाब दिएको जानकारी पाएर आर्श्चर्य हुनु परेको छ। दोन नहरबाट संझौता बमोजिम पानीको सम्पूणर्ण अधिकार पाउनु नेपालका कृषकहरूको नैर्सर्गिक अधिकार हो। नेपालको पानी एकलौटी उपयोग गरी नेपाललाई सम्झौता अनुरूपको पानी नछाड्ने भारतीय व्यवहार धोखा हो, गण्डक सम्झौता राष्ट्रघाती सम्झौता हो भन्नै पर्दछ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।