Skip to main content

संयुक्त राष्ट्रसङ्‍घद्वारा न्यायमार्फत् शान्ति परियोजनाको प्रारम्भ

काठमाडौं, ३ असार । संयुक्त राष्ट्रसङ्‍घीय शान्ति कोष नेपाल ९कोष०ले शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसङ्‍घीय निकायहरूमार्फत् संकेन्द्रित द्रुत रकम वितरण गरी सहयोग प्रदान गरेको छ। संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालले आज एक प्रेस विज्ञप्ति जारी गरी नेपालको विशिष्ट सङ्क्रमणकालीन आवश्यकताप्रति लचिलो प्रतिक्रिया उपलब्ध गराउने उद्देश्यले सो कोषको प्रारूपण गरिएको हो। आफ्नो स्थापनादेखि कोषले प्रमाणीकरण प्रक्रिया, शिविरहरूको सुदृढीकरण, निर्वाचन सहायता तथा विस्फोटक पदार्थ हटाउने कार्यमा योगदान पुर्‍याएको छ। नर्वे, संयुक्त अधिराज्य, डेनमार्क, क्यानाडा, स्विट्जरल्यान्डका सरकार तथा संयुक्त राष्ट्रसङ्‍घीय शान्ति निर्माण कोषले सो कोषमा लगानी गरेका छन्।
विज्ञप्तिमा साउन ४ गते आइतबार, प्रस्तावित सत्य निरूपण तथा मेलमिलाप आयोगबारे शान्ति तथा पुनर्निर्माण मन्त्रालयद्वारा उदयपुरमा आयोजना गरिने परामर्शका अवसरमा संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपाल ९उच्चायुक्तको कार्यालय/नेपाल०ले सो कोषको लगानी रहेको आफ्नो ून्यायमार्फत् शान्तिू परियोजना सुरु गर्नेछ। विस्तृत शान्ति सम्झौतामा व्यवस्था गरिएको बेपत्ता पार्ने कार्यसम्बन्धी जाँचबुझ आयोगलगायत सङ्क्रमणकालीन न्याय संयन्त्रहरूको स्थापना तथा प्रभावकारी सञ्चालनमा सहायता उपलब्ध गराउनु ून्यायमार्फत् शान्तिू परियोजनाको उद्देश्य हो।
हिंसात्मक द्वन्द्वले छोडेका खतहरूमुनि घाउहरू हुन्छन्, जसलाई सम्बोधन नगरिए झन खराब भएर हिंसा नयाँ रूपमा देखा पर्न सक्छ। विगतलाई सम्बोधन गर्ने व्यवस्थित पद्धतिले समाजका घाउलाई निको पार्न र समाजलाई सामान्य अवस्थामा फर्काउन मद्दत गर्न सक्छ। द्वन्द्वसम्बन्धी तथ्यहरूको निरूपण गर्ने, पीडितहरूले सहनु परेको क्षतिलाई आत्मसात गर्ने तथा न्यायका लागि मञ्च उपलब्ध गराउने कार्यले दण्डहीनताको अन्त्य गर्न मद्दत गर्नुका साथै मेलमिलापलाई सघाउँछ। त्यसबाहेक, द्वन्द्वका कारणहरूको व्याख्या गर्न गरिएका प्रयासहरूले विगतका अपराधहरू भविष्यमा नदोहोरिने कुरा सुनिश्चित गर्न मद्दत गर्नेछन्।
ून्यायमार्फत् शान्तिू परियोजनामार्फत् आयोगहरूको तयारी र स्थापनाका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयलाई सहयोग उपलब्ध गराइनुका साथै आयोगलाई नै प्रत्यक्ष भौतिक सहयोगलगायत प्राविधिक सहायता उपलब्ध गराइनेछ। परियोजनाअन्तर्गत द्वन्द्वको क्रममा भएका मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका उल्लङ्घनहरूको दस्तावेजीकरणमा पनि ध्यान संकेन्द्रण गरिनेछ र ती निष्कर्षहरू आयोगहरूलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ। परियोजनाले सङ्क्रमणकालीन न्याय प्रक्रियामा तल्लो तहका जनतालाई संलग्न गराउने तथा आयोगको कार्यमा योगदान पुर्‍याउने गतिविधिहरू कार्यान्वयन गर्न पीडितहरूका समूह एवं राष्ट्रिय मानवअधिकार संस्थाहरूलगायत नागरिक समाजलाई पनि सहयोग गर्नेछ। विगतको अनुभवले देखाएझैँ, लोकतन्त्र र शान्तिलाई सबलीकरण गर्ने लक्ष्यहरू सक्रिय परामर्श र पीडितहरूका समूह, नागरिक समाज तथा सर्वसाधारणको सहभागिताबाट हासिल गर्ने सम्भावना बढी हुन्छ।
मानवअधिकार उच्चायुक्तका प्रतिनिधि रिचर्ड बेनेट भन्‍नुहुन्छ, ूून्यायमार्फत् शान्ति” परियोजनाले बृहत् शान्ति सम्झौतामा व्यवस्था गरिएझैँ प्रभावकारी सङ्‍क्रमणकालीन न्याय प्रक्रियाको निर्माणका लागि गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न सरकारले चाहेको आवश्यक थप सहयोग प्रदान गर्नेछ भन्‍ने कुराप्रति म विश्वस्त छु।ू
कोषद्वारा प्रदान गरिएको बीस लाख अमेरिकी डलरको अनुदानमार्फत् लगानी गरिएको यो परियोजना प्रारम्भमा १२ महिनासम्म चल्नेछ। काठमाडौँस्थित एउटा टोलीद्वारा यस परियोजनाको कार्यान्वयन गरिनेछ, जसले सम्बद्ध सरकारी निकाय, नागरिक समाज तथा पीडितका सङ्‍गठनहरूसँग निकट रहेर कार्य गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।