वीरगंज, २९ असोज। पर्सा, वीरगंज निवासी तराइ मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष एवं विदेशी कठपुतली संयुक्त गठबन्धनको नेपाल सरकारका शिक्षामन्त्री रामचन्द्र कुशवाहाले दुइ महिनाको अवधिमा सरूवा, बढुवा, नयां नियुक्ति, थमौती गर्दा दलालहरू लगाएर दुइ करोड भन्दा बढी घुस रकम संकलन गरेको शिक्षामन्त्रीजीको निकटतम स्रोतले रहस्योद्घाटन गरेको छ।
जनक शिक्षा सामग्री केन्द्र लि.को महाप्रबन्धकको म्याद थपमा, सिटिभिटीको डाइरेक्टरको नयां नियुक्ति, केही जिल्लाका जिशिअहरूको सरूवा, शिक्षा मन्त्रालय अर्न्तर्गतको विभिन्न कार्यालय, विभिन्न निकायमा, विभिन्न विषयको स्वीकृति, निर्ण्र्ााआदि गर्दा खुलेयाम घुस मांगेर जगत हंसाएका छन्।
खुलेयाम भ्रष्टाचार गरेर चर्चित भएका शिक्षामन्त्रीले संकलित घुस रकम मध्ये दशैं अघि पार्टी संचालनका लागि केही अगुवा कार्यकर्ताहरूलाई रकम बांड्नका लागि २५ लाख नजराना चढाएको पनि स्रोतको दाबी छ।
शिक्षामन्त्री रामचन्द्र कुशवाहाको नाम लिएर काम मिलाइ दिन्छु, रकम खर्च गर्नुहोस् भनेर हिंड्ने मन्त्री कुशवाहाका परिवारका सदस्य र नातेदारहरू दलालका रूपमा १५ जनाभन्दा बढी परिचालित छन्। पैसा भने पछि हुरूक्कै हुने मन्त्री कुशवाहाले घुस रकम लिएर चाहिंदा नचाहिंदा काम गरिरहेबाट शिक्षा सचिव समेत विवादमा मुछिएर बदनामी कमाइ रहेका छन्। शिक्षामन्त्री कुशवाहाले निर्वाध, निसंकोच घुस रकम बटुलिरहेका र उनको बारेमा थुप्रै उजुरी प्रधानमन्त्री समक्ष परे पनि सत्ता स्वार्थ र प्रधानमन्त्रीले कुर्सीको रक्ष्ँाको लागि कुशवाहाले जे जस्तो गरे पनि छुट दिएर एक कानले सुनेर अर्को कानले उडाउने काम गरिरहेका छन्।
शिक्षामन्त्रीको हरेक काममा घुस लिने प्रवृत्तिबाट सबैभन्दा शोषित र प्रताडित मधेशका मधेशीहरू नै भइरहेका छन्। मधेशी मन्त्रीले मधेशी जनताहरूलाई नै शोषण गरेर शिक्षाको सम्पर्ूण्ा संरचना नै ध्वस्त पार्न खोजेको पाइन्छ।
शिक्ष्ँमन्त्रीको दलाल मार्फ पैसा खर्च गरेर जस्तोसुकै नाजायज काम गराउन सक्ने एउटा अनौंठो र आर्श्चर्यलाग्दो वातावरण बनेको छ।- राष्ट्रिय दैनिक

Comments
Post a Comment