बीरगन्ज,२९ असोज/ गोली प्रहारबाट घाइते भएका व्यापारी यहाँका ब्यापारी मनोज हरलल्काको उपचारको क्रममा मृत्यु भएको छ । मङ्गलबार राति सशस्त्र समुहको गोली प्रहारबाट गम्भिर घाइते भएका दुइ जना व्यापारी हरलल्काको आज बिहान काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान सवा दुई बजे आदर्शनगरका व्यापारी मनोज हरलल्काको मृत्यु भएको हो । उनलाई गएको मङगलबार राति पौने १० बजे बागड बिल्ला नामक अपराधिक समुहले गोली प्रहार गरेको थियो । त्यही राति सवा नौ बजे बीरगन्जको महावीर स्थानमा सशस्त्र समुहको गोली प्रहारबाट घाइते भएका अर्का व्यापारी राजु साह कानुको अहिले काठमाडौंकै शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भुवनेश्वर साहले जानकारी दिनु भएको छ ।
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...
Comments
Post a Comment