सर्लाही, ११ असार । तराइ डिफेन्स आर्मीको दुइ कार्यकर्तालाइ हतियारसहित प्रहरीले पक्राउ गरेको छ।
गए राति २ बजे आर्मी सर्लाही तथा रौतहटका कमाण्डर भैरव राय यादव र बीरेन्द्र राय यादवले ठेकेदार दिलिप महतोसंग चन्दा माग्ने क्रममा प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई छटौल गाविस-७ बाट पक्राउ गरेको हो।
दुवैको साथबाट नलकटुवा बन्दुक-१ थान, २ थान गोली र ना.४.प.४५१६ नं.को मोटरसाइकलसमेत बरामद गरेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment