Skip to main content

अधिकांश ग्रामीण सडक जोखिमपूर्ण, गुल्मेली समाज बहराइन गठन

अधिकांश ग्रामीण सडक जोखिमपूर्ण

> घनश्याम गौतम / गुल्मी दर्शन
जिल्लाका अधिकांश ग्रामीण सडक प्राविधिक र सवारी सञ्चालनका दृष्टिले
जोखिमपूर्ण रहेका छन । सवारी सञ्चालनका लागि आवश्यक मापदण्ड पुरा नगरिएका
कारण यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन । यहाँका ३५ मध्ये २०
सडक सवारी सञ्चालनका दृष्टिले खतरायुक्त रहेको जिल्ला प्राबिधिक
कार्यालयले जनाएको हो ।
'प्राविधिक दृष्टिले सबै पक्ष पूरा भएपछि मात्र सवारी चलाउनुपर्ने भए पनि
अहिलेसम्म सवारी सञ्चालक र उपभोक्ताले चासो दिएका छैनन्,' कार्यालयका
इन्जिनियर मेघराज ज्ञवालीले भने, 'अपूर्ण सडकमा सवारी चलाउँदा
सर्वसाधारणको यात्रा बढी जोखिमपूर्ण हुने गरेको छ ।' उनले सामान्य
बाटोमा जिप चलाउन सडक कम्तीमा ४ मिटर चौडा, १२ रेडियस मोड, ७ प्रतिशत
ग्रेड हुनुपर्छ । जिल्लाका अधिकांश सडकमा ती पूर्वाधार छैनन् ।
जिपमात्र चल्न सक्ने यस्ता सडकमा भरीभराउ यात्रु राखेर बस, ट्रक र
ट्याक्टर चलिरहेका छन् । प्राविधिक रूपमा पास नभएका अधिकांश सडकमा
राजनीतिक दल, उपभोक्ता समिति र यातायात व्यवसायी समितिले सवारी सञ्चालन
गराउँदै आएका छन् । प्राविधिक कार्यालयले अहिलेसम्म कुन सडक बस, ट्रकका
लागि, कुन जिप, ट्याक्टरका लागि उपयुक्त भनेर वर्गीकरण गरेको छैन ।
जिल्लाका ठूला सडक रिडी-रुद्रवेणी- वामीटक्सार, तम्घास- छल्दी-सिमलटारी,
धुर्कोटरजस्थलदेखि हाडहाडे गाविस, ठूलापोखरा भे+mडी सडक,
ग्वाघा-त्रिवेणी-भुतर्ुङलगायत सडक अत्यन्तै जोखिम पूर्ण छन् ।
रिडीदेखि वामीटक्सार सडकको रिडी-रुद्रवेणी खण्डमा नियमित सवारी चल्न
थालेको १४ वर्षभन्दा बढी भएको छ । कच्ची, अत्यन्तै साँघुरो र तलपट्ट
िकालीगण्डकी रहेको त्यस खण्ड जिल्लाको सबैभन्दा व्यस्त सडक हो ।
त्यस्तै जिल्लाको अर्को ठूलो कच्ची सडक तम्घास सिमलटारीको तम्घासदेखि
छल्दी खोलासम्मको सडक पनि अति नै जोखिमपूर्ण छ । उक्त सडकमा दिनहुँ
जोखिम मोल्दै एक दर्जन सवारी ओहोरदोहोर गर्ने गरेका छन् । यातायात
व्यवसायीले सवारी सञ्चालन गनर्ुपूर्व जिविस वा प्राविधिक कार्यालयबाट
स्वीकृति लिनुपर्ने भए पनि अहिलेसम्म त्यसो हुन सकेको छैन । बरु
व्यवसायीले सडक निरीक्षणका लागि व्यवसायी मात्र संलग्न गरेर समिति
बनाउने गरेका छन् ।

गुल्मेली समाज बहराइन गठन

-"निराश बिरही" रेशम थापा, बहराइन/
बहराइनमा बसोबास गर्दै आएका गुल्मेलिहरुको एक भेलाले गुल्मेली समाज
बहराइन गठन गरेको छ । जागिर तथा ब्यवसायको सिल्सिलामा बहराइनमा
बसिरहनुभएका गुल्मेलिहरुको उम अल हस्सन भन्ने ठाँउमा बसेको भेलाले
गुल्मेली समाज बहराइन गठन गरेको हो । सभापति देउ प्रसाद पुनले दीप
प्रज्वलन गरी कार्यक्रम सुरु गर्नु भएको थियो । करिब ५० जना
गुल्मेलीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा पुनले समाजको निती नियम,
बिधान, समाजका उद्देश्यहरु तथा भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको
थियो । "हामी गुल्मेलिहरु रोजगारिको सिलसिलामा आफ्नो जिल्ला र देश छोडि
बिदेशी भुमिमा पसिना बगाउनु परेपनी आफ्नो गाउँ ठाउँलाई कहिले पनि भुल्नु
हुन्न, हामी अझ एकत्रित भएर आफ्नो गाउँ ठाउँको बिकासको लागि सक्दो
प्रयास गर्नुपर्छ", पुनले बताउनुभयो । बहराइनमा करिब ३ देखी ४ सयको
हाराहारिमा गुल्मेलिहरु रहेका तर सुचनाको अभाव तथा ब्यस्तताले गर्दा
सबैजना उपस्थित हुन भने सकेका थिएनन । प्रथम भेलामा उपस्थित हुन नसक्नु
भएका सबै गुल्मेली मित्रहरुलाई पनि समेटेर आगामी दिनमा सबै गुल्मेलिको
सुख-दु:खमा हातमा हात मिलाउदै जाने कुरा पनि उपस्थित महानुभावहरुले
बताउनुभएको थियो ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।