काठमाडौं, माघ १०। कानुन मन्त्री प्रेमबहादुर सिंहले भोलिदेखि जसरी पनि
राजधानीलगायतका सहरमा थुप्रिएका फोहोर उठाएर छाडिने बताएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री सिंहले
नागरिकको जीवनमा असर पुग्ने र सहरलाई कुरुप बनेको अवस्थामा सरकारले
वैकल्पिक बाटो अपनाएर भए पनि फोहोर उठाउने स्पष्ट पारे।
'सरकार काठमाडौं सहरलाई नरक बनाउन दिने पक्षमा छैन,' उनले भने-
कर्मचारीले पनि फोहोरलाई अघि राखेर माग पूरा गर्न खोज्नुहुँदैन।
विभिन्न माग राखेर स्थानीय निकायका कर्मचारीले मुलुकभरि तीनदेखि फोहोर
उठाएका छैनन्। मन्त्री सिंहले जनताको सहयोग लिएर भए पनि फोहोर उठाउन
सरकार अघि र्सर्ने बताए।
उनले स्थानीय निकायका ७ हजार करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई
स्थायी गर्दा १ लाख ७ हजार शिक्षक, चिकित्सक, प्राद्यापकको समेत माग पूरा
गर्न अर्थतन्त्रले नधान्ने भएकाले समग्र अध्ययन गरी कदम चाल्न
प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
कार्यक्रममा वातावरण मन्त्री ठाकुर शर्माले स्थानीय निकायका कर्मचारीको
मागमा सरकार गम्भीर भए पनि फोहारमा राजनीति गर्न नहुने बताए। 'काठमाडौंका
सडक सडकमा थुप्रिएका फोहोरका कारण महिलाहरु उल्टी गरिरहेका छन्,' उनले
भने- यस्तो अवस्थामा वार्तालाई आन्दोलनको स्वरुपमा बदल्न ढिलो गर्नु
हुँदैन।
मन्त्री शर्माले फोहोरको आड लिएर आफ्ना माग पूरा गराउन खोज्नु उचित नहुने
बताए। 'सरकार कुनै पनि हालतमा महानगरलाई महामारीमा फँसाउन चाहँदैन,' उनले
भने-दर्ुगन्धित सहर लिएर नयाँ नेपाल बनाउन सकिँदैन।
कार्यक्रममा स्थानीय निकाय कर्मचारी युनियनका गंगाधर गौतम, स्थानीय निकाय
राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिकुमार श्रेष्ठ, गाविस कर्मचारी
संगठनका अध्यक्ष श्रीराम आचार्यलगायतले स्थानीय निकायका कर्मचारीको
स्थायी प्रक्रिया, वृत्ति विकास, बीमा, क्षतिपर्ूर्तिलगायतका माग पूरा
गरे फोहोर भोलिदेखि नै उठाउन तयार भएको बताए। 'हामीले ३५ हजार कर्मचारीको
मुद्दा उठाएका छौं,' उनीहरुले भने- सरकारको विश्वसनीयता नभएकाले हामीले
फोहोर उठाउन बन्द गर्नुपरेको हो।
Comments
Post a Comment