Skip to main content

जडिबुटी माफिया हर्बोदेखि होशियार

अखिलेश सिंखडा
काठमाडौं, १० माघ/ एकीकृत नेकपा माओवादीले जल, जंगल, जडिबुटी, जमिन र जल
माफियालाई सखाप पार्ने रणनीति लिएको थियो । तर, ९ महिने सरकार चलाउँदा
उसले यी पाँचै माफियालाई खुलेआम छोडिदियो र यसले गर्दा यी माफियाहरू
माओवादीको समेत संरक्षण पाइयो भनेर खुलेआम छाती फुलाएर हिँड्ने थाले ।
अहिले यी पाँच 'ज' माफिया माओवादीकै शरणमा रहेरनिर्वाध रूपमा आफ्नो
गोरखधन्दा संचालन गरिरहेका छन् ।
माओवादीको छत्रछायाँमा रहेर पछिल्लो पटक जडिबुटी माफियाहरूको सक्रियता
झन् बढेको छ । माओवादीले कर्ण्ाालीलाई जडिबुटी उद्योग संचालन गर्ने
उद्घोष गरेदेखि नै केही जडिबुटी माफियाहरू माओवादीनेताहरूकहाँ हात मोल्न
पुगेका थिए र माओवादी सत्ताबाट बाहिरिएपछि पनि बन्दुकको आडमा गोरखधन्दा
संचालन गराइदिने आशमा यी माफियाहरू माओवादीको शरणमै रहेका छन् ।
माओवादीले काँधमा हात राखिदिएपछि मख्ख पर्दै आफ्नो सञ्जाल विस्तार गर्ने
काममा तिक्तता दिएका जडिबुटी माफियाहरूमध्ये हर्वो इन्टरनेशनल अहिल अग्र
स्थानमा रहेको छ । नेर्टवर्क व्यवसायको आडमा जडिबुटीको कालो व्यापार
गरिरहेको हर्वोका कर्तुतहरू धमाधम बाहिर आउन थालेपछि यसका संचालकहरू पुनः
माओवादीको शरणमा हार-गुहार माग्न पुगेका छन् । हर्बोका गोकुल श्रेष्ठ,
पुष्पराज पुरुष, बसन्त पण्डितलगायतका माफियाहरू आफ्नो धन्दामा कानुनले
अंकुश लगाउने संकेत देखेपछि त्रसिद भएर माओवादीको बन्दुकसँग गुहार माग्न
पुगेको हर्वो पीडितहरूको भनाई छ ।
जडिबुटीबाट बनेको अर्ग्यानिक चिया, साबुन, तेल, दन्तमञ्जन जस्ता
वस्तुहरू चर्को मूल्यमा विक्री गरेर उपभोक्ता ठग्दै आएको हर्बो विरुद्ध
उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही हुने भएपछि यी माफियाहरू झोली तुम्बा
बोकेर कुलेलमा ठोक्ने कि माओवादीलाई कमिशन दिएर टिकीराख्ने भन्ने सोचमा
परेका छन् । एक हजार रुपैयाँमा चिया बेच्ने, दर्ुइ सय रुपैयाँमा साबुन
बेच्ने, चार हजार रुपैयाँ तेल बेच्ने, चारसय रुपैयाँमा दन्तमञ्जन बेच्ने
हर्बोका माफियाहरूले उपभोक्ता संरक्षण ऐनको खिल्ली उडाइरहेका छन् । तर,
उपभोक्ताको हक हितको ठेक्का लिन्छु भनेर बसेका उपभोक्ता संरक्षणबादीहरू
काम र मुखमा ठेली कोचेर बसेका छन् ।
उपभोक्ता संरक्षण मञ्च खोलेर डलर खेतीमा रमाएका ज्योति बानिया, हरेन्द्र
श्रेष्ठ, प्रेमलाल महर्जन जस्ता व्यक्तिहरू हर्बोको लुटभन्दामामौन
र्समर्थन गर्नुले उनीहरूले पनि माफियाबाट मोटो रकम कमिशन खाएको प्रष्ट
हुन्छ । खल्तीमा डलर भर्ने, उपभोक्ताको पक्षमा भाषण गर्ने, रडियो
कार्यक्रम चलाउने र उपभोक्ताको नाम बेचेर परिवार पाल्ने धन्दामा लागेका
यी उपभोक्ता अधिकारवादीहरूको हर्बोप्रतिको लचकताले आम र्सवसाधारण ठगिँदै
गएका छन् र माफिया, काला बजारीहरू झन् सुरक्षित बनेका छन् ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।