Skip to main content

न्याय र स्वतन्त्रताको लागि आवाज

ज्ञानेन्द्र शर्मा/लिवाङ
लिवाङ रोल्पा माघ १० गते
एकीकृत ने.क.पा माओवादी मगराँत राज्य समिति सेक्रेटरी पर्ूण्ा र्घर्तीले
विगतमा पनि न्याय र स्वतन्त्रताको लागि आवाज उठाउँदा सत्तापक्षले दमन
गरेकाले आन्दोलन गर्न बाध्य भएको बताउदै हालको सरकारले पनि शान्तपर्ूण्ा
आन्दोलनलाई दबाएर तह लगाउन खोजेकेा आरोप लगाउनुभयो।
एकिकृत ने.क.पा.माओवादीले आज रोल्पाको सुलिचौरमा गरेको आम सभालाई
सम्बोधन गर्दै सेक्रेटरी र्घर्तिले सो कुरा बताउनु भएको हो।
उहाँले सरकारी दमनको बिरुद्धमा देशैभरी आन्दोलन भएकाले आन्दोलनको
नेतृत्व नेकपा माओवादीले गर्ने बताउनु भयो। उहाँले नागरिक सर्बोच्चता
बहालि नहुदाँसम्म नयाँ सबिधान, राष्ट्रिय स्वाधिनता, सेना समायोजन र दीगो
शान्ति स्थापना नहुने बताउनु भयो।
सेक्रेटरी र्घर्तिले राष्ट्रिय स्वाधिनताको पक्षमा सरकार मौन रहेपनि
एकिकृत नेकपा माओवादीले जनताको साथमा आन्दोलन गरी राष्ट्रिय स्वाधिनताको
मुद्दालाई अगाडी बढाउने बताउनु भयो।
सभालाई सम्बोधन गर्दै राजकुमार कक्षपतीले सदैब जनताहरु सचेत रहन आग्रह
गर्नु भयो। आश बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन
झिल्कोले गर्नुभएको थियो भने जन्जीरले स्वागत मन्तव्य दिनु भएको थियो।
कार्यक्रममा जलजला सास्कृतिक परिवारले बिभिन्न गित प्रस्तुत गरेको थियो।
कार्यक्रममा रोल्पा जिल्लाको १ नम्बर कमाण्डका जनताहरुको सहभागिता रहेको
थियो।
यसैगरी रोल्पाको होलेरीमा जनसभा सुरु भएको छ। सभालाई एकिकृत नेकपा
माओवादीका केन्द्रीय सदस्य दिपेन्द्र पुन र केन्द्रय सल्लाहकार हस्त
बहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ। कार्यक्रममा जिल्ला सेक्रेटरी
चुडामणी वली आर्दश र २ मगरात राज्य समिती सदस्य रेशम पुनको उपस्थिती
रहेको छ। कार्यक्रममा करिब ४ हजार जनाको सहभागिता रहेको छ।
यसैगरी रोल्पाको थवाङमा भएको आमसभालाई सम्बोधन गर्दै एकिकृत माओवादीका
केन्द्रीय सल्लाहकार नन्द बहादुर बुढाले जनयुद्ध पर्ूव बावुराम
भट्टर्राईको संयोजकत्वमा राष्ट्रियता, गणतन्त्र र जन जिवीकाको
मुद्दाहरुलाई उठाइएको र अहिले सो मुद्दालाई प्रमुख प्राथमिकतामा राखेर
राष्ट्रिय स्वाधिनता र नागरिक सर्बोच्चताको आनदोलनलाई सशक्त रुपमा अगाडी
बर्ढाईएको बताउनु भयो।
उहाँले बर्तमान सरकार बिदेशीहरुको प्रत्यक्ष निर्देशनमा चलेकाले यसले
जनताको पक्षमा कुनैपनि काम गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो।
कार्यक्रममा माओवादी रोल्पा जिल्लार् इन्चार्ज बिकल्पले नेपाल र
नेपालीको राष्ट्रियता गम्भिर संकटमा पर्दै गएकाले बिदेशी हस्तक्षप नाङ्गो
रुपमा बढिरहेकोले सर्म्र्पूण देशभक्त गणतन्त्रबादीहरु एकताबद्ध भएर
राष्ट्रिय स्वाधिनता र नागरिक सर्बोच्चताको लर्डाई लड्नु पर्ने बताउनु
भयो।
कार्यक्रममा मगरात राज्य समिती सदस्य प्रताप लगायतका अतिथीहरुले मन्तव्य
राख्नु भएको थियो। अबशेषको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हित
प्रसाद रोकाले गर्नुभएको थियो। कार्यक्रममा करिब ५ सय जनाको उपस्थिती
रहेको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।