वीरगंज, १४ भदौ । स्थानीय विकास अधिकारीमाथि कुटपिट भएको विरोधमा दोषीलाइ कारबाहीको मांग गर्दै जिल्ला विकास समिति पर्साको सम्पुर्ण कामकाज अनिश्चितकालको लागि ठप्प भएको छ।
आज स्थानीय निकाय कर्मचारी संघ जिल्ला समिति पर्साले एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय विकास अधिकारी रामदयाल यादवलाई कार्यालय परिसरमा एक्कासी गाविस तुल्सीबर्वाका केही उच्छृंखल व्यक्तिहरुले अभद्र व्यवहार गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ।
कर्मचारीहरुको सुरक्षा काम गर्ने उचित वातावरण का साथै दोषीमाथि कानून बमोजिम कडा कारबाहीको मांग गर्दै जिविसको सम्पुर्ण कामकाज अनिश्चितकालका लागि बन्द गर्ने अध्यक्ष मंकेश्वर ठाकुरले जानकारी गराएका छन्।
Comments
Post a Comment