Skip to main content

प्रतिबद्धता कागजमै सीमित

वीरगंज १४ भदौ । उन्नतीका लागि युवा अभियान योक्याप नेपाल का अध्यक्ष मछिन्द्र तिवारीले आज एक प्रेस विज्ञप्ति जारी गरी २०६४ जेष्ठ १८ गते सम्मानित सर्वोच्च अदालतले सरकारको नाममा वेपत्ता पारीएका ब्यक्तिहरुको अवस्था छानविन गर्न एक सम्पूर्ण अधिकार सम्पन्न आयोग गठन गर्न र वेपक्ता पार्ने कार्य बिरुद्ध बिशेष कानुन बनाउन आदेश दिएको थियो । तर हालसम्म न त उत्त सम्झौता तथा प्रतिबद्धताहरुको पालना भएको छ न त सर्वोच्च अदालतको आदेशको नै अधिकांश सम्झौता तथा प्रतिबद्धताहरु कागजमै सिमीत गरीएको जनाएको छ॥

विज्ञप्तिमा उल्लेख छ - राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांक अनुसार सरकारबाट ६१६ र एकिकृत ने।s।पा माओवादीबाट २१९ गरी कूल ८३५ जना बेपत्ता पारीएकाहरुको स्थीति अझै अज्ञात रहेको छ । यस बाहेक मानव अधिकार आयोग सम्म नआईपुगेका थुपै नागरीकहरु बेपत्ता पारीएका घट्नाहरु हुन सक्ने आशंका गरीएको छ । ब्यापक राजनैतिक परीवर्तनसंगै नेपाल शान्ति निमार्णको प्रकि्रयाबाट गुजि्ररहेको छ । तर बेपत्ता नागरीकहरुको स्थिति सार्वजनिक गरी समाजमा सत्य र न्याय स्थापना नहुन्जेल वर्तमान संकटपूर्ण संक्रमणकालको अन्त्य हुन सक्दैन् ।

बलपूर्वक बेपत्ता पारीएकाहरुको अन्र्तराष्ट्रिय दिवशको सन्दर्भमा योक्याप नेपाल नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला पक्षहरुसंगे बेपत्ता पारीएका सम्पूर्ण नागरीकहरुको यथासक्य छिटो सार्वजनीकीकरण गर्न जोडदार माग गर्दछ । साथै तत्काल निम्न कदम चाल्नका लागि नेपाली युवा मानव अधिकारकर्मीहरुको तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराउदछ ।

- बिस्तृत शान्ति सम्झौता अन्तरिम संविधान २०६३ सर्वोच्च अदालतले २०६४ जेष्ठ १८ मा जारी गरेको फैसलाको तत्काल कार्यान्वयन गरी बेपत्तालाई अपराधीकरण गर्न कानुन बनाई कार्यान्वयन गर्न र बेपत्ता खोजविन गर्ने उच्चस्तरीय अधिकार सम्पन्न निष्पक्ष स्वतन्त्र आयोग गठन गर्न ।

- बेपत्ता पारीएका नागरीकका परीवारहरुलाई राहत पूर्नस्थापना क्षतिपूर्ति तथा परीपूरणको ब्यवस्था गर्न ।

- बलपूर्वक बेपत्ताबाट सवै ब्यक्तिहरुको संरक्षण सम्बन्धी अन्तराष्ट्रिय महासन्धि र अन्तराष्ट्रिय फौजदारी अदालतको रोम बिधानलाई अनुमोदन गर्न ।

- पिडितलाई उचित क्षतिपूर्ती र पिडकलाई कडा सँजाय दिई दण्डहिनताको अन्त्य गर्न ।

- बेपत्ता पारीएका नागरीकका परीवारका युवाहरुलाई शिक्षा स्वास्थ्य रोजगार जस्ता आधारभूत्ा कुराहरुको तुरुन्त ब्यवस्था गर्न ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।