Skip to main content

श्रमिक बालबलिकाको तथ्याड्ढ सार्बजनिक


हेटौडा १४ भदौ । हेटौंडामा ६ सय ५८ जना श्रमिक बालबालिका रहेको बाल कल्याण समाज मकवानपुरले जनाएको छ। संस्थाले आज हेटौंडामा बाल बालिकाको क्षेत्रमा कार्यरत सरकारि एबं गै।सं।स।sा प्रतिनिधिहरु बिच एक अन्तरकि्रया कार्यक्रमको आयोजना गरि यस्तो जानकारी दिएको हो। संस्थाको तथ्याङ्क अनुसार ५ सय १७ बालक र १ सय २१ बालिका रहेका छन्। संस्थाका अनुसार ८१ प्रतिशत श्रमिक बालबालिकाहरुले तलब पाउने गरेका छन्। कूल श्रमिक बालबालिका मध्ये ९ प्रतिशतले मात्रै आफुले कमाएको रकम बचत गर्दै आएका छन्। संस्थाले प्लान नेपाल मकवानपुरको आर्थिक सहयोगमा बिगत ३ महिनादेखि श्रमिक बालबालिकाका लागि अध्ययन तथा मनोराजन केन्द्र तथा बचत योजना कार्यक्रम समेत साचालन गर्दै आएको छ। बचत योजना अन्तरगत ३ महिनामा १ सय १ जना श्रमिक बालबालिका मार्फत् ३७ हजार ४ सय ९५ रुपैंया संकलन भएको बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिनुभयो। बालबालिका मार्फत् संकलिन रकम बार्षिक १० प्रतिशत ब्याज दिनेगरि दिब्य तारा सहकारी संस्था हेटौंडामा बचत गरिएको छ। संस्थाले आज हेटौंडामा श्रमिक बालबालिकाहरुको तथ्याङ्क सार्बजनिक तथा अन्तरकि्रया कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हिम शर्मा पौड्याल हेटौंडा नगरपालिकाका समाज कल्याण अधिकृत धु्रब भुजेल जिल्ला बाल कल्याण समितिकी बाल अधिकार कार्यक्रम अधिकृत संगिता पौड्याल जिल्ला बाल कल्याण समितिका सदस्य बद्री लम्साल बिधुत बज्राचार्य मान बां लामा माईति नेपालकि माया लामा लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा सरकारि एबं गै।स।स।sा प्रतिनिधि गरि ३० जनाको सहभागिता रहेको थियो।

बाल कल्याण समाजका संयोजक प्रकाश खतिवडाले केन्द्रमा श्रमिक बालबालिकाहरुले पढन खेल्न तथा बचत गर्ने अबसर पाउने हुनाले अन्य श्रमिक बालबालिका लाई समेत यस केन्द्र सम्म ल्याउन र केन्द्रलाई अझ बढि प्रभाबकारि ढंगले संचालनको लागि समन्वय र सहयोगको लागि सबै संग आग्रह गर्नु भयो। कार्यक्रम प्लान नेपालको सहयोगमा बाल कल्याण समाज द्धारा आयोजना गरिएको थियो।


Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।