वीरगंज १४ भदौ । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरु वार्तामा उपस्थित नभएपछि आज वडा नं। १८ का स्थानीयवासीले एक प्रेस विज्ञप्ति जारी गरी वार्तामा आउन आह्वान गरेको छ। वार्ता संयोजक रामाज्ञाप्रसाद कुशवाहाले जारी गरेको विज्ञप्तिमा अस्पतालका रोगीहरुलाई निर्वाधरुपमा उपचारको लागि वातावरण बनाउन तालाबन्दी वा अन्य बाधा विरोध कार्य भएमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
अस्पतालमा चर्किदै गएको विवाद साम्य पार्न अस्पताल प्रशासन एवं वडा नं। १८ का स्थानीय वासिन्दाहरुले आज गरेको प्रयास असफल भएपछि यस्तो चेतावनी दिइएको हो।
अस्पतालमा चर्किदै गएको विवाद साम्य पार्न अस्पताल प्रशासन एवं वडा नं। १८ का स्थानीय वासिन्दाहरुले आज गरेको प्रयास असफल भएपछि यस्तो चेतावनी दिइएको हो।
Comments
Post a Comment