Skip to main content

मुलुक उपराष्ट्रपति विहिन - बार अध्यक्ष मैनाली

काठमाडौं भाद्र १३। उपराष्ट्रपति परमानन्द झालाई सर्वाेच्च अदालतले नेपालीमा सपथ लिन दिएको आदेश पालना नभएकोबारे कानुन व्यवसायीहरुको मत बाझिएको छ। रिपोर्टस क्लब नेपालद्वारा आज राजधानीमा आयोजीत साक्षात्कार कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीले आज साझबाट नेपाल उपराष्ट्रपति विहिन रहेको बताउनु भयो। आर्ज साझँबाट राज्यले उपराष्ट्रपतिलाइ दिइदै आएको सुविधा फिर्ता गर्नु पर्ने उहाँको भनाइ थियो। मैनालीले भन्नु भयो-ुसंविधानमा व्याख्या गरिएअनुसार उपराष्ट्रपतिले नेपालीमा सपथ नलिएका कारण उहा नेपाल र नेपालीहरुको उपराष्ट्रपति होइन। संसद्को निर्वाचित उपराष्ट्रपति भएकाले संसद्ले नै यसको निर्णय गर्छ।ु मैनालीले राज्यले पनि उपराष्ट्रपतिलाइ सेवा सुविधाा दिएको खण्डमा अख्तियार दुरुप्रयोग र भष्ट्राचारको कार्वाहीमा पर्नु पर्ने बताउनु भयो। उहाँले नेपाली भाषा ३ सय बर्षको लामो अभ्यासबाट विकास भएको भाषा भएकाले यसको सम्मान गर्नु सबैको दायित्व रहेको बताउनु भयो। ४० बर्ष न्याय सेवामा रहदा नेपालीमा फैसाला लेख्ने उपराष्ट्रपति झाले अहिले आएर नेपाली जान्दिन भनेकोमा आफुलाइ अचम्म लागेको मैनालीको भनाइथियो। ३०÷४० बर्षदेखि तराईलाइ हिन्दि प्रदेश बनाउने अवधाराणाको डिजाइन भएको बताउदै मैनालीले त्यहि ग्र् यान्ड डिजाइनको पात्र उपराष्ट्रपति बनेको चिन्ता व्यक्त गर्दै भन्नु भयो-ुअब तराईका आदिवासी जनजातीलाइ प्यालेस्टाइन बनाइनेछ त्यहाका दमन गर्ने सामन्तीहरु इजरायली हुनेछन्। किनकि यो डिजाइनका पछाडि शक्तिशाली राष्ट्र उभिएको छ।ु

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कार कार्यक्रमा वरिष्ठ कानुनविद् शेरबहादुर केसीले उपराष्ट्रपतिले सर्वाेच्चको आदेशलाइ अटेरगरि पुन नेपाली भाषामा सपथ नलिनु मुलुकका लागि दुर्भाग्य रहेको बताउनु भयो। उहाँले भन्नु भयो-ुसर्वाेच्च अदालतको फैसलाको खिल्लि उडाउने काम भएको छ। त्यहि संविधान अनुसार उपराष्ट्रपति बन्न हुने संविधानले तोकेको भाषामा सपथ लिन नहुने ु

अधिवक्ता एवं सभासद् राधेश्याम अधिकारीले सबै स्थानिय भाषाको सम्मान गर्नु पर्ने भए पनि सबैलाइ काम काजको भाषा बनाउन नसकिने बताउदै भन्नु भयो-ुकानुनले संविधान काट्न नसक्ने भएकाले सर्वाेच्चको फैसला मान्नुपर्छ।ु उहाँले ९१ बटा भाषा सुचिकृत भएका छन् ति हाम्रो पुँजी भएको बताउदै उपराष्ट्रपतिले फैसला चित्त नबुझे पनि सपथ लिएको भए उहाको गरिमा बढ्ने बताउनु भयो।

यता उपराष्ट्रपतिका वकिल हितमान िसंहले नेपाली भाषामा पुन सपथ नलिर्दैमा उपराष्ट्रपति पद मुक्त नहुने वताउनुभयो। उहाँले भन्नु भयो -ुउपराष्ट्रपति मरेमा महाअभियोग लागेमा वा उहाले राजीनामा दिएमा मात्र उहा पद मुक्त हुने हो नत्र निर्वाचित उपराष्ट्रपतिलाइ कसैले हटाउन सक्दैन।ु माओवादी सभासद् एवं अधिवक्ता एकनारयण भण्डारीलॆ सर्वाेच्च अदालतको फैसला पुर्वाग्रही भएको आरोप लगाउनु भयो। उहाँले भन्नु भयो-ुसर्वाेच्च अदालतमा बस्नेसँग क्षमता नभएको देखियो। नया संविधान बन्ने प्रकि्रयामा रहेको बेलामा अदालतले यसमा बखेडा झिक्ने काम गर् यो।ु अधिवक्ता कुमोद भटट्राइले राजनीतिक मुद्दामा सर्वाेच्च अदालत पुर्वाग्रही भएर फैसला गरेको भन्दै चर्काे विरोध गर्नु भयो।

सर्वाेच्च अदालतको पुर्ण इजलासले गत आइतबार सरकारलाई सात दिनभित्र उपराष्ट्रपतिलाइ शपथ गराउने व्यवस्थाा गर्न आदेश दिएको थियो।सर्वाेच्चले दिएको म्याद आजैबाट सकिदै छ। उपराष्ट्रपति झाले अन्तरिम संविधान २०६३ र कानुनको प्रचलित मान्यताविपरित आदेश आएको बताउदै आउनु भएको छ।


Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।